बाढी पीडितलाई महाकाली प्रादेशिक अस्पतालले निःशुल्क उपचार गर्ने
कञ्चनपुर । विगत तीन दिनदेखि अविरल वर्षाका कारण कञ्चनपुर, कैलालीसहित विभिन्न क्षेत्रको जनजीवन प्रभावित बनेको छ । कञ्चनपुरको दोधारा चाँदनी, महेन्द्रनगर बजार लगायतका क्षेत्र जलमग्न भएका छन् ।
घरभित्रै बाढी पसेर धेरै मानिसहरू प्रभावित बनेका छन् । दोधारा चाँदनी क्षेत्रमा महाकाली नदीमा बनाइएको तटबन्ध भत्काउँदा बाढी गाउँ पसेको छ । सुरक्षाकर्मी तथा स्थानीयको सहयोगमा बाढीमा फसेकाहरूको उद्धार गर्दै सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ ।
भारी वर्षाका कारण कञ्चनपुरका अधिकांश क्षेत्र डुबानमा परेका छन् । बनबासास्थित महाकाली नदीमा रहेको शारदा ब्यारेजमा पानीको बहाव समेत बढेको छ ।
यसैबीच महाकाली प्रादेशिक अस्पतालले बाढीमा परेर घाइते भएकाहरूलाई निःशुल्क उपचार गर्ने जनाएको छ । वर्षाका कारण डुबानमा परी स्वास्थ्य समस्यामा परेकाहरूलाई अस्पतालले निःशुल्क स्वास्थ्य उपचार गर्ने अस्पतालका अध्यक्ष कृष्ण भट्ट किरणले बताए ।
स्वास्थ्य समस्यामा परेकाहरूलाई तत्काल अस्पतालमा ल्याई उपचारमा सहयोग गरिदिन समेत सबैमा अनुरोध गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हैटीलाई ३–० ले पराजित गर्दै ब्राजिलद्वारा पहिलो जित दर्ता
-
अम्बानीको जियोले ल्याउँदैछ भारतको इतिहासकै ठुलो आईपीओ
-
उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका
-
कृषि उत्पादनमा जोडिँदै महिला सहकारी
-
बस र ट्रक ठोक्किँदा एक महिलाको मृत्यु, तीन जना घाइते
-
दोस्रो हाफमा गोलको खडेरी, सहज जिततर्फ ब्राजिल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण