बेनी–जोमसोम सडक चार दिनपछि सञ्चालन
म्याग्दी । म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक तीन दिनपछि सञ्चालन भएको छ ।
म्याग्दीको रघुगङ्गा गाउँपालिकाको बैसरी, सिरुबारी, अन्नपूर्ण गाउँपालिकाको महभिर, गुइठेभिरमा पहिरो खसेपछि ७४ किलोमिटर दूरीको बेनी–जोमसोम सडक शुक्रबार बिहानदेखि अवरुद्ध भएको थियो । घरपझोङ गाउँपालिका–३ स्थित मार्फाखोलाको बाढीले सडकको मुस्ताङ खण्ड पनि अवरुद्ध भएको थियो ।
बेनी–जोमसोम–कोरला सडक आयोजनाका सूचना अधिकारी विष्णु चापागाईंले वर्षा रोकिएपछि पहिरो पन्छाएर आज अपराह्नदेखि यातायात सञ्चालन गरिएको जानकारी दिए । “मार्फाखोलामा डाइभर्सन र अस्थायी पुल बनाएर मुस्ताङ खण्डमा यातायात सञ्चालनको व्यवस्था मिलाएका छौँ”, उनले भने, “म्याग्दी खण्डमा खसेको पहिरो सडक विभागको डोजर, लोडर र प्राविधिक टोली परिचालन गरेर पन्छाएपछि बेनी–जोमसोम सडकको अवरोध हटेको छ ।”
बैसरीको पहिरो पन्छाउन र सडक मर्मतका लागि नेपाली, सेना, सशस्त्र प्रहरी र जनपद प्रहरीको टोली पनि परिचालन गरिएका थिए ।
यसैबिच, म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी र बेनी–बागलुङ सडक पनि मर्मतपछि सञ्चालन भएको छ । धवलागिरि, मालिका र मङ्गला गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी–दरवाङ सडक पनि अपराह्नदेखि सञ्चालनमा आएको छ । पूर्वाधार विकास कार्यालयले फापरखेत, बाङ्गेपहिरोलगायत ठाउँमा खसेको पहिरो पन्छाएर यातायात सञ्चालन गरिएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
-
परीक्षामा जफत गरिएका मोबाइल नष्ट प्रकरण : अभिभावकले जनाए आपत्ति
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण