सिंगापुरले दियो १६ प्रजातिका किरा फट्याङ्ग्रालाई खानाको मान्यता
सिंगापुर । सिंगापुरले १६ प्रजातिका प्रजातिका किरा फट्याङ्ग्राहरूलाई खानाको मान्यता दिएको छ । सिंगापुरको सरकारी खाद्य एजेन्सी (एसएफए)ले खान मिल्ने १६ प्रजातिका किरा फट्याङ्ग्राहरूलाई विक्री र उपभोगका लागि अनुमति दिएको छ ।
तत्कालै लागू हुने गरी एसएफएले खाद्य व्यापारीहरूको नाममा सर्कुलर जारी गरेको थियो । नियामक चासो कम भएको ठानिएको किरा फट्याङ्ग्रा र यसबाट बनाइएको खाद्य पदार्थ आयात गर्न पनि अनुमति दिइएको सर्कुलरमा भनिएको छ । एसएफएले खान मञ्जुरी दिएको किरा फट्याङ्ग्रामा सलह, फट्याङ्ग्रा, मिलवर्म र गोब्रे किराका कयौँ प्रजाति छन् ।
यी किरा र यसबाट बनाइएको पदार्थ मानवीय उपभोगका लागि वा वस्तुभाउलाई खुवाउन प्रयोग गर्न सकिने सकुर्लरमा भनिएको छ । यद्यपि, यी किराहरू जंगलबाट खोजेर ल्याउन पाइने छैन । कम्पिटेन्ट अथोरिटीले नियमन गरेको क्षेत्रभित्र पालिएको हो भनेर कागजीय प्रमाणहरू देखाइएको किरा फट्याङ्ग्रा मात्रै खान पाइनेछ । पछिल्लो समय विश्वभर किरा फट्याङ्ग्रा खाने क्रम बढ्दो छ ।
यसलाई उच्च प्रोटिनको दिगो स्रोतको रूपमा हेरिएको छ । थाईल्यान्ड र कम्बोडियालगायत दक्षिण पूर्वी देशमा कमिला, फट्याङ्ग्रा र ट्यारन्टुला आदि मज्जाले खाइन्छ । विश्वभर झन्डै २ हजार १०० प्रजातिका किरा फट्याङ्गालाई खान मिल्ने श्रेणीमा राखिएको एक प्रतिवेदनले देखाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण