कोरिया रिटर्नीहरुलाई पुनः कोरिया जान आवेदन आह्वान, भाषा परीक्षा असोज ८ गतेदेखि हुने
काठमाडौँ । वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया गएर फर्किएका लागि पुनः अवसर आएको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत पुनः कोरियामा रोजगारीका लागि जान पाउने अवसर प्रदान गरिएको हो ।
वैदेशिक रोजगार विभाग अन्तर्गतको ईपीएस कोरिया शाखाले सूचना प्रकाशित गरेर कोरिया गएर फर्केका कामदारहरूलाई पुनः कामदारको रूपमा पठाउनको लागि आवेदन आह्वान गरेको हो ।
ईपीएस मार्फत कोरिया गएको र सन् २०१० जनवरी १ पछि भिसा अवधि भित्रै स्वैच्छिक रूपमा नेपाल फर्केकाहरुले मात्रै आवेदन दिन पाउने ईपीएस कोरिया शाखाले जनाएको छ । त्यस्ता कामदारले कोरियाको उत्पादनमूलक र कृषि तथा पशुपालन क्षेत्रमा जान पाउनेछन् । उत्पादनमूलक क्षेत्रमा फारम भर्न चाहनेहरूले फारममा उल्लेख भएका ८ वटा समूहमध्ये जुन उपसमूहमा फारम भर्ने हो सोही उपसमूहसँग सम्बन्धित ८ वटा प्रश्नको उत्तर दिनुपर्नेछ ।
ईपीएस शाखाले सार्वजनिक गरेको सूचना अनुसार यहि साउन ७ देखि ११ गतेसम्म आवेदन दिन सकिनेछ । परीक्षा असोज ८ गतेदेखि ११ गतेसम्म हुनेछ । परीक्षा तालिका भने भदौ २८ गते मात्रै सार्वजनिक गरिनेछ । परीक्षाको नतिजा भने असोज २१ गते प्रकाशन गरिने ईपीएस शाखाले जनाएको छ ।
नेपालले दक्षिण कोरियासँग गरेको समझदारी पत्र (एमओयू) अनुरूप ईपीएस मार्फत वैधानिक तवरबाट कामदार पठाउँदै आएको छ ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारकालाई काम गर्न दिऔँ : पूर्वप्रधानमन्त्री भट्टराई
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण