इलामकी सुजाताले जितिन् 'द मिसेस नेशनल २०२४'को उपाधि
काठमाडौँ । 'द मिसेस नेशनल २०२४'को उपाधि इलामकी सुजाता सुब्बाले चुमेकी छन्। राजधानीमा आयोजित विवाहित महिलाहरूबिचको सौन्दर्य प्रतियोगिता क्रिजोना मिडिया ग्रूप प्रालिद्वारा आयोजित दोस्रो संस्करणको प्रतियोगितामा फेसन डिजाइनर तथा कटिङ र स्टिचिङ ट्रेनर समेत रहेकी सुब्बाले वेष्ट फिगरको उपाधि समेत हात पारेकी छन् ।
महिलालाई सशक्त बनाऊँ, राष्ट्रलाई सशक्त बनाऊँ भन्ने नाराका साथ आयोजित प्रतियोगितामा मञ्जु आचार्य फष्ट रनर्सअपका साथमा मष्ट इनरजेटिक तथा मञ्जिल रञ्जितकार सेकेण्ड रनर्सअपका साथमा मष्ट पपुलर र मष्ट इलिजेन्ट उपउपाधि विजेता भए।
लभिन अन्सारीको कोरियोग्राफीमा सम्पन्न प्रतियोगितामा मोडल दीपक घिमिरे, फेसन डिजाइनर मिनु श्रेष्ठ र अन्तर्राष्ट्रिय जुम्बा प्रशिक्षक प्रतिमा श्रेष्ठ निर्णायक रहेका थिए। प्रतियोगिता पूर्व खानेपानी मन्त्री महेन्द्र यादव, सांसद रेणु साह, माष्टर सेफ सन्तोष शाह र अभिनेता किरण केसीको आतिथ्ययतामा सम्पन्न भएको थियो।
आयोजक संस्था क्रिजोना मिडिया ग्रुप प्रालिका प्रवन्ध निर्देशक तथा कोरियोग्राफर लभिन अन्सारीले विवाहित महिलाहरूलाई चार घेरा भित्रबाट बाहिर निस्केर स्वावलम्बी बन्न प्रोत्साहित गर्ने तथा उनीहरूमा अन्तर्निहित प्रतिभाको उजागर गरी बाहिर ल्याउने उद्देश्यले द मिसेस नेशनलको आयोजना गरिँदै आएको बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युवालाई सीप, रोजगार र उद्यमसँग जोड्न सरकार क्रियाशील : मन्त्री यादव
-
ग्वार्को–दाहालटार सडकपीडितको मागमा सांसद श्रेष्ठको समर्थन
-
फुटबलसँगै झागिँदै छ विश्वकपको सांस्कृतिक प्रस्तुति
-
मुस्ताङमा एक हजार ४३१ प्रतिष्ठानको आर्थिक गणना सम्पन्न
-
बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन आग्रह
-
हमासद्वारा गाजा शान्ति रोडम्याप योजनाबारे प्यालेस्टाइनी समूहको प्रतिक्रिया पेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण