युक्रेनलाई हवाई रक्षा प्रणाली उपलब्ध गराउने नेटो बैठकमा बाइडेनको घोषणा
वासिङ्टन । वासिङ्टन डिसीमा भएको अमेरिकी नेतृत्वको सैन्य गठबन्धन नेटोको बैठकमा राष्ट्रपति जो बाइडेनले युक्रेनलाई दर्जनौँ हवाई रक्षा प्रणाली उपलब्ध गराउने बताएका छन् । नेटो बैठकमा आफ्नो सम्बोधनमा बाइडेनले अमेरिका र अन्य चार पश्चिमी देशले हवाई प्रतिरक्षा प्रणाली उपलब्ध गराए आगामी महिनासम्म युक्रेनलाई दिइने बताए।
अमेरिकी अधिकारीहरूले यस प्याकेजमा प्याट्रियट मिसाइल प्रणाली, अन्य रणनीतिक वायु रक्षा प्रणालीहरू समावेश हुने बताएका छन्। अमेरिकाबाहेक जर्मनी, नेदरल्याण्ड, रोमानिया र इटालीले हवाई प्रतिरक्षा प्रणाली आपूर्ति गर्नेछन् ।
यस वर्षको अन्त्यसम्ममा हवाई प्रतिरक्षा प्रणालीका विषयमा थप निर्णय लिइने र यसमा बेलायत, क्यानडा, नर्वे र स्पेन समावेश हुनेछन् । रुसको पछिल्लो मिसाइल आक्रमणपछि युक्रेनी अधिकारीहरूले मंगलबार थप हवाई रक्षा प्रणाली उपलब्ध गराउन अपिल गरेका छन्।
युक्रेनको बाल अस्पतालमा मिसाइल खस्दा ३६ जनाको मृत्यु भएको छ भने १४० जना घाइते भएका छन् । नेटो देशहरूको बैठकमा बाइडेनको भाषण पहिलो राष्ट्रपति बहसभन्दा बढी जोसिलो थियो।
आफ्नो राजनीतिक भविष्यमा शङ्काका बादलहरू मडारिरहेका बेला बाइडेनले धेरै सटीक सन्देश दिएको विश्लेषकहरूको बुझाइ छ। बाइडेनले नाटोलाई अझ बलियो बनाउने कुरा गरे। पूर्व राष्ट्रपति रोनाल्ड रेगनलाई उद्धृत गर्दै बाइडेनले भने, ‘यदि तपाईं खतरामा हुनुहुन्छ भने, हामी पनि खतरामा छौँ। यदि तपाईं शान्तिमा हुनुहुन्न भने, हामी पनि शान्तिमा रहन सक्दैनौँ।’
बाइडेनले नेटोका महासचिव जेन्स स्टोल्टेनबर्गलाई सर्वोच्च नागरिक सम्मान प्रेसिडेन्सियल मेडल अफ फ्रिडम प्रदान गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण