आज कहाँ–कहाँ छ बाढीको खतरा ?
काठमाडौँ । बाढी पूर्वानुमान महाशाखाले बुधबार देशभरका अधिकांश स-साना नदीहरूमा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान गरेको छ । आज इलाम, झापा, ताप्लेजुङ, पाँचथर, मोरङ, सुनसरी, तेह्रथुम, उदयपुर, मकवानपुर, सिन्धुली, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौँ, सिन्धुपाल्चोक, दोलखा, गोरखा, तनहुँ, लम्जुङ, कास्की, पर्वत, म्याग्दी, नवलपरासी (ब.सु.प.) नवलपरासी (ब.सु.पूर्व.), कपिलवस्तु, रुपन्देही र आसपासका जिल्ला भई बहने अधिकांश स–साना नदीहरूमा बहाव बढ्ने तथा केही ससाना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम रहने पूर्वानुमान रहेको छ ।
साथै रामेछाप, गोरखा, अर्घाखाँची, पाल्पा, चितवन, रोल्पा, सल्यान, रुकुम पश्चिम, जाजरकोट, कालिकोट, अछाम, बाजुरा, बझाङ, दार्चुला र आसपासका जिल्ला भई बहने अधिकांश स(साना नदीहरूको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान रहेकोले नदी तटीय क्रियाकलापमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
आगामी ३ दिन कोशी, नारायणी, कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीहरू साथै पश्चिम सेती, कन्काई, कमला, पूर्वी राप्ती, नदीको जलसतह उल्लेख्य बढ्दो हुने पूर्वानुमान रहेकाले नदी तटीय क्षेत्रका क्रियाकलापमा उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ छ । भोलि र पर्सी बागमती र यसका प्रमुख सहायक नदीहरू साथै बबई र पश्चिम राप्ती नदीहरूमा जलसतह उल्लेख्य बढ्दो हुने पूर्वानुमान रहेको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छुट्टाछुट्टै सडक दुर्घटनामा चार जनाले ज्यान गुमाए, दुई घाइते
-
१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ
-
घरेलु कामदारका रूपमा महिलालाई अवैध रूपमा खाडी पठाउने ६ जना पक्राउ, ३१ लाख नगद बरामद
-
मानव अधिकार आयोगको प्रतिवेदन बदनियतपूर्ण रहेको एमालेको निष्कर्ष, भूतप्रभावी कानुन बनाउने सिफारिसमा आपत्ति
-
संविधान संशोधन गर्दा मूल संरचनालाई कुनै पनि हालतमा खण्डित गर्न हुँदैन : रेग्मी
-
क्युबाका राष्ट्रपतिमाथि अमेरिकाले लगायो प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण