मुलुकको शोधनान्तर स्थिति ४ खर्ब २५ अर्ब बचतमा, चालू खाता पनि २ खर्बमाथि बचत
काठमाडौँ । चालू आर्थिक वर्षको ११ महिनामा मुलुकको ब्यालेन्स अफ पेमेन्ट (शोधनान्तर) स्थिति ४ खर्ब २५ अर्ब बचतमा रहेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो शोधनान्तर स्थिति २ खर्ब २४ अर्ब ९० करोडले बचतमा रहेको थियो । समीक्षा अवधिमा रेमिटेन्स आयातसँगै आयात घट्न पुग्दा मुलुकको शोधनान्तरमा उल्लेख्य सुधार आएको नेपाल राष्ट्र बैंकले जनाएको छ।
अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ७१ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ३ अर्ब २० करोडले बचतमा रहेको छ ।
यस्तै समीक्षा अवधिमा चालु खाता २ अर्ब ३९ करोडले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.७९ अर्ब ५३ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ६१ करोड ३२ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब ५१ करोडले बचतमा रहेको छ ।
समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर २५.७ प्रतिशतले कमी आई रु.५ अर्ब ४६ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी रु.८ अर्ब १६ करोडले धनात्मक रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु.७ अर्ब ३५ करोड कायम भएको थियो भने खुद प्रत्यक्ष वैदेशिक लगानी रु. ४ अर्ब ६५ करोडले धनात्मक रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर्राष्ट्रिय कराते पदक विजेता दिया र दीक्षालाई एक्सटेप नेपालको सम्मान
-
तीन बुँदे सहमतिले नेकपालाई सरकार बनाउन सहज, एमालेलाई असहज !
-
परीक्षा सुरु भएको ६ मिनेटमै त्रिवि एमबीएसको प्रश्नपत्र बाहिरियो
-
डा. गाेविन्द केसी र सरकारी टोलीबिच आइतबार वार्ता हुने
-
कांग्रेसको बाटो : अतीतमुखी राजतन्त्र कि भविष्यमुखी गणतन्त्र ?
-
काेशीमा एमालेबाटै मुख्यमन्त्री बन्ने निश्चित, हिक्मत कार्कीको निरन्तरता कि राजीनामा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण