मोरङ पूर्णखोप सुनिश्चिता जिल्ला घोषणा
मोरङ । मोरङलाई पूर्णखोप सुनिश्चिता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । मोरङका १७ वटै स्थानीय तहहरुले पूर्णखोप सुनिश्चिता तथा दिगोपना घोषणा गरिसकेपछि आज विराटनगरमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति मोरङका प्रमुख तथा जिल्ला खोप जिल्ला समन्वय समिति संयोजक अजम्वर राईले पूर्णखोप सुनिश्चिता तथा दिगोपना जिल्ला घोषणा गरेका हुन् ।
नेपाल सरकारको उच्च प्राथमिकता प्राप्त राष्ट्रिय खोप कार्यक्रममार्फत निःशुल्क उपलब्ध १५ महिनाभित्र दिने सबै खोप बालबालिकालाई पूरा मात्रामा लगाई पूर्णखोप सुनिश्चितता गर्ने राष्ट्रिय निर्देशिका बमोजिम सबै प्रक्रिया पूरा गरिएको स्वास्थ्य कार्यालय मोरङले जनाएको छ ।
जिल्लाका सबै वडारस्थानीय तहहरुले विसं २०८० चैत २८ गतेदेखि २०८१ असार २४ गतेसम्म पूर्णखोप सुनिश्चितता एवं दिगोपना कायम गरेको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा सुरेश मेहताले जानकारी दिए ।
जिल्ला समन्वय समिति प्रमुख राईले बालबालिका जन्मिरहने र खोप निरन्तर उपलब्ध गराई उनीहरुको जीवन रक्षा गर्न सम्पूर्ण क्षेत्र जिम्मेवार रहनुपर्ने भएकाले मोरङवासीको खुसी र समृद्धिका लागि यस्ता कार्यलाई निरन्तरता दिनुपर्ने बताए ।
कार्यक्रममा पूर्णखोप सुनिश्चिता तथा दिगोपना घोषणा गरेका सबै स्थानीय तहका प्रमुखहरुलाई सम्मान गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण