दयाहाङ र मिरुनाको ‘घरज्वाइँ’ ले कति शो पायो ?
काठमाडौँ । ‘घरज्वाइँ’ शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म हो । फिल्मको बुधबार साँझबाट देशभरका मल्टीप्लेक्सहरुमा अग्रिम बुकिङ खुल्ला गरिएको छ । फिल्मले देशभर राम्रो शो पाएको देख्न सकिन्छ ।
अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर अभिनित फिल्मले पाएको शो अनुसार फिल्मको ओपनिङ राम्रो हुने अपेक्षा गरिएको छ । देशकै ठुलो मल्टीप्लेक्स चेनले काठमाडौँमा २१ तथा मोफलसलमा ३७ शो फिल्मलाई छुट्टाएको छ ।
त्यस्तै, दोस्रो ठुलो चेन आईएनआईले आफ्नो तीनवटा स्टेसनमा गरी फिल्मलाई १२ शोज तथा तेस्रो ठुलो चेन वान् सिनमाजले नयाँ बानेश्वर र कालिमाटी हलमा गरी कूल ९ शोज उपलब्ध गराएको छ ।
फिल्मले काठमाडौँका बिग मुभिज, एफक्युब, बिएसआर, विश्वज्योति सिनेमाज्, रञ्जना सिनेप्लेक्स, सिके सिनेमाज्, कीर्तिपुर सिनेमाज् जस्ता मल्टीप्लेक्सहरुमा पनि राम्रो शो पाएको बताइन्छ । ससर्ती हेर्दा फिल्मले देशभर डेढ सय हाराहारी शो पाएको छ ।
तीन सफल फिल्म दिएका दयाहाङ र मिरुनाको जोडी रहेको फिल्म भएकोले पनि ‘घरज्वाइँ’ ले राम्रो शो पाएको हो ।
अनिल बुढामगरको निर्देशनमा बनेको फिल्ममा दयाहाङ र मिरुनाको अलवा शिशिर वाङ्गदेल, कविता आले, पुष्कर गुरुङ, बुद्धि तामाङ, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, शिला आले, अनु थापा, बिना थापा मगर, विवेश बुढा मगर, सोनाम लामा लगायतको पनि अभिनय छ ।
सुसन प्रजापतिको छायाङ्कन रहेको फिल्मका निर्माता जनक घर्तीमगर हुन् । फिल्मले मगर समुदायको ‘घरज्वाइँ’ संस्कृतिको कथा भन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाराजगन्ज–धोबीखोला सडक खण्डमा ज्याकारान्डा रोपण
-
इजरायल–लेबनानबिचको युद्धविराम हिजबुल्लाहद्वारा अस्वीकार
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
-
दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण