मधेस प्रदेशसभाको अवरोध हट्यो
जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले बजेटमा भएको कमजोरीको उच्चस्तरीय छानबिन गर्ने प्रतिबद्धता जनाउनुभएसँगै मधेस प्रदेशसभा बैठकको अवरोध हटेको छ ।
आज बसेको प्रदेशसभा बैठकको सुरुमै जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक रामआशिष यादवले बजेटमा त्रुटि भएको स्वीकार गरिसकेकाले उक्त बजेटमाथि प्रदेशसभामा छलफल नगर्ने बताए । त्यसपछि जसपा नेपालका सांसदहरु उठेर प्रदेशसभा बैठक अवरोध गरेका थिए ।
सभामुख रामचन्द्र मण्डलले यो विषयमा यसअघि पनि चाररपाँच पटक छलफल भइसकेको र निकास ननिस्केको बताउँदै समय अभावका कारण सदन अघि बढाउन खोजे । पुनः जसपा प्रमुख सचेतक यादवले कम्तीमा सरकारको धारणा आउनुपर्ने माग गरेपछि सभामुख मण्डलले मुख्यमन्त्री सिंहलाई धारणा राख्न समय दिए ।
मुख्यमन्त्री सिंहले आफ्नो धारणा राख्दै बजेटमा कहीँकतै कमजोरी भएको छ भने उच्चस्तरीय छानबिन समिति गठन गर्ने र निर्वाचन क्षेत्रमा रहेको असन्तुलित बजेटको गुनासोलाई मध्यनजर गर्दै सन्तुलित गर्ने प्रतिबद्धता जनाए ।
“मैले सुरुदेखि नै बजेटमा कहीँकतै गडबड छ भने उच्चस्तरीय छानबिन समिति गठन गरेर दोषी भेटिएकालाई कारबाही गर्छु भन्दै आएको छु । मैले कहिल्यै पनि छानबिन गर्दिन भनेको छुइन”, मुख्यमन्त्री सिंहले भने ।
उनको प्रतिबद्धतासँगै मधेस प्रदेशसभामा जसपाको अवरोध हटेको छ । बिहीबार प्रदेशसभामा आगामी आर्थिक वर्षको आयव्यय र राजस्व अनुमानमाथि छलफल हुने कार्यसूची छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सदस्य स्वार्थ बाझिने बैठकमा सहभागी हुन नपाउने
-
एमालेको २ दिने कार्यशाला : ओलीले उद्घाटन गरे, शंकरले गर्दैछन् समापन
-
विराटनगरको फोहर व्यवस्थापन ठेक्कामा किचलो
-
राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएन : अध्यक्ष विश्वकर्मा
-
३ देश, ४८ टोली र नयाँ नियमसहित इतिहासकै सबैभन्दा ठुलो फुटबल महोत्सव
-
ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण