फ्राइडे रिलिज : देशभर ‘घरज्वाइँ’ प्रदर्शनमा
काठमाडौँ । आज शुक्रबारबाट फिल्म ‘घरज्वाँइ’ प्रदर्शनमा आएको छ । फ्राइडे रिलिजको परम्परा धान्दै प्रदर्शनमा आएको यो फिल्मले देशभर एकल प्रदर्शन अवसर पाएको हो ।
अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको मुख्य भूमिका रहेको फिल्मले देशभर राम्रो शो पाएको छ । देशकै ठुलो मल्टीप्लेक्स चेनले काठमाडौँमा २१ तथा मोफलसलमा ३७ शो दिएको फिल्मलाई दोस्रो ठुलो चेन आईएनआईले आफ्नो तीनवटा स्टेसनमा गरी १२ शोज तथा तेस्रो ठुलो चेन वान् सिनमाज्ले नयाँ बानेश्वर र कालिमाटीले गरी कूल ९ शोज दिएको छ ।
फिल्मले काठमाडौँका बिग मुभिज, एफक्युब, बिएसआर, विश्वज्योति सिनेमाज्, रञ्जना सिनेप्लेक्स, सिके सिनेमाज्, कीर्तिपुर सिनेमाज् जस्ता मल्टीप्लेक्सहरुमा पनि राम्रो शो पाएको छ । सरसर्ती हेर्दा फिल्मले देशभर डेढ सय हाराहारी शो पाएको छ ।
अनिल बुढामगर निर्देशित फिल्म पूर्वी रुकुमका विभिन्न रमणीय स्थानमा छायाङ्कन भएको छ । निर्देशक अनिल बुढाको कथा अनि पटकथा, सम्वाद लेखन रहेको फिल्ममा सुसन प्रजापतिको छायाङ्कन छ ।
फिल्ममा दयाहाङ र मिरुनाका अलावा बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, विवेश बुढा मगर, सुनिल मगरले अभिनय छ ।
जिएम मुभिजको ब्यानरमा निर्मित फिल्मका गीतमा हर्क साउद र मनोज थापाको शब्द, संगीत, रामजी लामिछानेको कोरियोग्राफी छ । एमएसएनले अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार लिइसकेको फिल्मलाई आरआर फिल्मले वितरण गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण