विपद्को बेलामा खोज उद्धारमा लाग्नुपर्ने बेला सरकार परिवर्तनको खेला विडम्बनापूर्ण : प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विपद्को बेला खोज उद्धारमा लाग्नुपर्ने बेला विश्वासको मत लिने, सरकार परिवर्तन विडम्बनापूर्ण रहेको बताएका छन् । शुक्रबार प्रतिनिधि सभाका विश्वासको मत लिने क्रममा उनले अविरल वर्षा बाढी पहिरोका कारण चितवन नाराघाटको बिचमा, कास्की, म्याग्दी लगायतका क्षेत्रमा ठुलो क्षति भएको बताए ।
आफूले घाइतेको उद्धार, उपचार र राहतका लागि निर्देशन दिएको बताए । मौसम विभागबाट विपद्को घटना बढ्न सक्छ भन्ने प्रक्षेपण गरेपछि सरकारले आवश्यक तयारी गरेको बताए ।
विपक्षीहरूले राजीनामा मागिरहेको अवस्थामा पनि नेपाली सेना, सशस्त्र प्रहरी सहित लगायतका सुरक्षाकर्मीसहितको बैठक राखेको बताए । यस्तै आफू, गृहमन्त्री सहितको विपद् व्यवस्थापन समितिको बैठक राखेर कहाँ कहाँ बाढी पहिरोको खतरा छ र त्यसलाई कसरी रोकथाम गर्न सकिन्छ भन्ने बारेमा छलफल गरेर तयारी गरेको बताए । यो पटक मनसुन कडा रूपमा आएको अर्को हप्तासम्म पनि मनसुन आक्रामक हुने भएकोले तयारीका लागि सुरक्षा निकायलाई निर्देशन दिएको उल्लेख गरे । उनले चितवनमा बाढी पहिरोले बस बगाएकोमा बिहानै सुरक्षा निकायलाई तदारुकताका साथ उद्धारको काम गर्न निर्देशन दिएको बताए ।
उनले भने–‘विपद्को बेलामा हामी एक ढिक्का भएर त्यसको प्रतिवाद गर्ने, त्यसबाट सतर्कता अपनाउनुपर्ने, खोज उद्धारका लागि लागिपर्नुपर्ने बेलामा हामी अहिले सरकार परिवर्तन, विश्वासको मत लिने, नलिने भन्नेतिर केन्द्रित हुनुपर्ने बढो विडम्बनाको अवस्थामा छौँ । ’
कास्कीमा मानिसहरुको मृत्यु भएको। दुई वटा बस बगेको बेलामा आफूले विश्वासको मत माग्नु उचीत हुन्छ कि हुँैन होला भनेर सोचेको तर ठुला दलहरू सरकार बनाउन हतार गरेकोले आफूले सभामुखसँग कुरा नगरेको उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफाद्वारा २०२६ विश्वकपको उत्कृष्ट टोली सार्वजनिक: गोल्डेन ग्लोभ विजेता नै टिममा परेनन्
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण