प्रतिनिधिसभा बैठक
प्रचण्डको १ घण्टा २२ मिनेट लामो भाषण प्रधानमन्त्रीको रूपमा अन्तिम हो कि जस्तो लाग्यो : योगेश भट्टराई
शुक्रबार, २८ असार २०८१, १४ : ०८
१
काठमाडौँ । नेकपा एमालेका सांसद योगेश भट्टराईले प्रधानमन्त्री प्रचण्डले संसद्मा गरेको १ घण्टा २२ मिनेट भाषण प्रधानमन्त्रीको रूपमा अन्तिम हो कि जस्तो लागेको बताएका छन् । शुक्रबार प्रधानमन्त्रीले विश्वासको मत लिने क्रममा प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद भट्टराईले प्रधानमन्त्रीले केही गलत सूचना दिएको बताउँदै त्यसको जबाफदेही भोलीका दिनमा हुनुपर्ने बताए ।
स्थायी सरकार, देशमा रोजगारी सिर्जना, नेपाली विदेश जान नपर्ने अवस्था सिर्जना गर्न दुई पार्टीको गठबन्धन आवश्यक रहेको उल्लेख गरे । उनले संसद्का दुई ठुला दलमध्ये एउटा सरकारमा र एउटा प्रतिपक्षमा रहने चलन भए पनि कांग्रेस एमालेको सहकार्यबाट नै देशमा ठुला परिवर्तन भएको दाबी गरे ।
उनले प्रचण्डलाई प्रधानमन्त्री बनाउन पनि कांग्रेस र एमाले दुई दलको भूमिका रहेको दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
इबोला प्रकोपले बढायो विश्वव्यापी चिन्ता
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण