प्रतिनिधिसभा बैठक
प्रचण्डको १ घण्टा २२ मिनेट लामो भाषण प्रधानमन्त्रीको रूपमा अन्तिम हो कि जस्तो लाग्यो : योगेश भट्टराई
शुक्रबार, २८ असार २०८१, १४ : ०८
१

काठमाडौँ । नेकपा एमालेका सांसद योगेश भट्टराईले प्रधानमन्त्री प्रचण्डले संसद्मा गरेको १ घण्टा २२ मिनेट भाषण प्रधानमन्त्रीको रूपमा अन्तिम हो कि जस्तो लागेको बताएका छन् । शुक्रबार प्रधानमन्त्रीले विश्वासको मत लिने क्रममा प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद भट्टराईले प्रधानमन्त्रीले केही गलत सूचना दिएको बताउँदै त्यसको जबाफदेही भोलीका दिनमा हुनुपर्ने बताए ।
स्थायी सरकार, देशमा रोजगारी सिर्जना, नेपाली विदेश जान नपर्ने अवस्था सिर्जना गर्न दुई पार्टीको गठबन्धन आवश्यक रहेको उल्लेख गरे । उनले संसद्का दुई ठुला दलमध्ये एउटा सरकारमा र एउटा प्रतिपक्षमा रहने चलन भए पनि कांग्रेस एमालेको सहकार्यबाट नै देशमा ठुला परिवर्तन भएको दाबी गरे ।
उनले प्रचण्डलाई प्रधानमन्त्री बनाउन पनि कांग्रेस र एमाले दुई दलको भूमिका रहेको दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
डोटी जिप दुर्घटना अपडेट : चालकसहित ३ जनाको मृत्यु
-
एसएसपीले गरे ग्वार्को ओभरपासको उद्घाटन, ओलीले ताली पड्काए (भिडियोसहित)
-
६० किलो सुन प्रकरण : फरार आरोपी अमला रोका टोखाबाट पक्राउ
-
लुम्बिनी प्रदेशसभा बैठक स्थगित
-
ग्वार्कोमा निर्माण भएको ओभरपास उद्घाटन, तस्बिरहरू
-
विदेशी कामदार विस्थापित गरेर स्वदेशी कामदारलाई रोजगारी सिर्जना गर्ने यस्तो छ सरकारी रणनीति