योगेशको प्रचण्डलाई प्रश्न : तपाईंका लागि हतियार बोक्ने रोल्पाका मगर कहाँ छन् ?
काठमाडौँ । एमालेका सांसद योगेश भट्टराईले प्रचण्डले महिला, दलितका नाममा फेरि आगो बाल्न खोजेको भन्दै त्यो सम्भव नभएको बताएका छन् । शुक्रबार प्रधानमन्त्रीले विश्वासको मत लिने क्रममा उनले प्रधानमन्त्रीले आज युद्धमा सहयोग गर्ने रोल्पाका मगरहरू कहाँ गए भनेर प्रश्न गरे । उनले संसद्मा महिला र दलितको प्रतिनिधित्वको मुद्दा एमालेको रहेको बताए ।
उनले संविधानमाथि हमला भएको बताउँदै संविधानको पुनरावलोकन र संशोधन २०७२ सालको अग्रगमनको लागि भएको बताए । उनले भने– ‘जाति, भाषा, धर्म, मधेश, दलित, महिला आज प्रधानमन्त्रीजीलाई झलझली याद भयो । तपाईंका लागि हतियार बोक्ने रोल्पाका मगर कहाँ छन् ? तपाईंका लागि हतियार बोकेका तमाम दलित युवाहरू आज कहाँ छन् ? खोज्नुभो ? आज कसरी आयो एकाएक ? म भन्न चाहन्छु, यो संसद्मा सङ्ख्या कम होला प्रत्यक्षबाट निर्वाचित भएर आउने दलित सांसद कोहीसँग छ भने एमालेसँग छ ।’
सांसद भट्टराईले एमालेबाट प्रत्यक्ष जितेर आउने महिला सांसद रहेको बताउँदै अब महिला र मधेशका आधारमा आगो बाल्न सम्भव नभएको उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: काठमाडौँमा रेलमार्गको डीपीआरका लागि प्रस्ताव आह्वानदेखि आर्थिक विधेयकमा २० पेजको झमेलासम्म
-
सचिव कृष्णहरि पुष्कर प्रकरणमा प्रधानमन्त्रीको कटाक्ष: ‘मलाई पनि एम्बासडर बन्न मन छ’
-
सिराहा मोबाइल नष्ट प्रकरण: संयुक्त विद्यार्थी सङ्गठनद्वारा आन्दोलन घोषणा
-
शिक्षा मन्त्रीको राजीनामा माग्दै दिल्लीमा ‘कक्रोच जनता पार्टी’को ५ घण्टे प्रदर्शन
-
सेमिफाइनल खेल्ने क्रममा घाइते भएकी विमलाको सफल शल्यक्रिया
-
द्विपक्षीय भेटवार्ता : भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण