योगेशको प्रचण्डलाई प्रश्न : तपाईंका लागि हतियार बोक्ने रोल्पाका मगर कहाँ छन् ?

काठमाडौँ । एमालेका सांसद योगेश भट्टराईले प्रचण्डले महिला, दलितका नाममा फेरि आगो बाल्न खोजेको भन्दै त्यो सम्भव नभएको बताएका छन् । शुक्रबार प्रधानमन्त्रीले विश्वासको मत लिने क्रममा उनले प्रधानमन्त्रीले आज युद्धमा सहयोग गर्ने रोल्पाका मगरहरू कहाँ गए भनेर प्रश्न गरे । उनले संसद्मा महिला र दलितको प्रतिनिधित्वको मुद्दा एमालेको रहेको बताए ।
उनले संविधानमाथि हमला भएको बताउँदै संविधानको पुनरावलोकन र संशोधन २०७२ सालको अग्रगमनको लागि भएको बताए । उनले भने– ‘जाति, भाषा, धर्म, मधेश, दलित, महिला आज प्रधानमन्त्रीजीलाई झलझली याद भयो । तपाईंका लागि हतियार बोक्ने रोल्पाका मगर कहाँ छन् ? तपाईंका लागि हतियार बोकेका तमाम दलित युवाहरू आज कहाँ छन् ? खोज्नुभो ? आज कसरी आयो एकाएक ? म भन्न चाहन्छु, यो संसद्मा सङ्ख्या कम होला प्रत्यक्षबाट निर्वाचित भएर आउने दलित सांसद कोहीसँग छ भने एमालेसँग छ ।’
सांसद भट्टराईले एमालेबाट प्रत्यक्ष जितेर आउने महिला सांसद रहेको बताउँदै अब महिला र मधेशका आधारमा आगो बाल्न सम्भव नभएको उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायल–इरान युद्ध : २० जनाले नेपाल फर्किन दिए निवेदन
-
‘माग्ने राजा’ भदौ ६ गतेबाट प्रदर्शनमा आउने
-
पोखराका गाडीको प्रदूषण जाँच गर्दा आधा गाडी मापदण्डमा फेल
-
त्रिविका विद्यार्थी तथा प्राध्यापकले सरकारी अस्पतालमा उपचार सुविधा पाउने
-
सिरहामा मोटरसाइकल र साइकल आपसमा ठोक्किँदा तीन जनाको मृत्यु
-
मुकुल ढकाल नै महामन्त्री भएको पत्र सार्वजनिक भएपछि रास्वपाले उठायो आयोगको भूमिकामाथि प्रश्न