पोखरामा पहिरोका कारण मृत्यु भएकाको सामूहिक दाह संस्कार
शुक्रबार, २८ असार २०८१, १५ : ४१
पोखरा । पोखरामा पहिरोका कारण मृत्यु भएकाको सामूहिक दाह संस्कार गरिएको छ । अविरल वर्षाले पहिरो जाँदा पोखरा १९ ठाँटी तल्लोकोटमा मृत्यु भएका सबैको शुक्रबार सामूहिक दाह संस्कार गरिएको हो ।
स्थानीय चिन्तेबौर घाटमा उनीहरूको परम्परा अनुसार अन्तिम संस्कार गरिएको छ । उनीहरूको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टम गरिएको थियो । पहिरोका कारण कास्कीमा ११ जनाको मृत्यु भएको थियो । पहिरोमा परी पोखरा–१९ पुरनचौरमा एकै परिवारका ७ जनाको मृत्यु भएको थियो भने अन्य ४ जनाको पनि पहिरोका कारण मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्यानचेस्टर सिटीमा आबद्ध भए एन्डरसन, पाँच वर्षको सम्झौतामा हस्ताक्षर
-
लोनमा एस्टन भिल्ला पुगे चेल्सीका विङ्गर गार्नाचो
-
मिटरब्याज सम्बन्धी लिखत अवैध घोषणा: पीडितलाई न्यायको आशासँगै कानुनी जटिलताको चाङ
-
मोड्रिच थप एक वर्ष एसी मिलानमै रहने
-
अमेरिका-इरान तनाव र हुथीको आक्रमण: गहिरिँदै पश्चिम एसियाको सङ्कट
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण