शीतल निवास पुग्यो सभामुखको पत्र, नयाँ सरकार गठन आह्वानको पर्खाइमा कांग्रेस–एमाले
काठमाडौँ । संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेललाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा विश्वासको मत प्राप्त गर्न नसकेर पदमुक्त भएको जानकारी गराएको छ ।
२७५ सदस्यीय प्रतिनिधि सभामा बहुमतका लागि १३८ मत आवश्यक पर्नेमा ६३ मात्र पाएर प्रधानमन्त्री पदमुक्त भएकाले नयाँ सरकार गठनको आह्वानका लागि सभामुखले मत परिणामसहितको जानकारी पत्र शुक्रबारै राष्ट्रपति निवास शीतल निवास पठाएका हुन् ।
नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संसद्को पत्र शीतल निवास पुगिसकेकाले अब राष्ट्रपतिको आह्वानको पर्खाइमा रहेको बताए । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउन कांग्रेससहितका दलहरूको समर्थन रहेको पत्र तयारी अवस्थामा रहेकाले राष्ट्रपतिले बोलाउनासाथ शीतल निवास जाने तयारी छ ।
राष्ट्रपतिले शुक्रबार नै संविधानको धारा ७६ को उपधारा २ बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गर्ने विश्वास रहेको एमाले कांग्रेसका नेताहरूले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण