मुख्यमन्त्री जम्कट्टेलले आइतबार विश्वासको मतको मिति तय गर्ने
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले साउन पहिलो साता नयाँ सरकार निर्माणको मार्ग खुल्ला गर्ने तयारी गरेका छन् । उनले प्रक्रियागत रूपमा नै नयाँ गठबन्धनलाई सरकार निर्माणको वातावरण तयार गर्ने योजना बनाएको बताएका हुन् ।
विश्वासको मत लिने विषयमा तत्काल मिति तय नगरिएको बताउँदै उनले सत्ता गठबन्धनका दलहरुबिच छलफल गरेर निर्णय गर्ने जानकारी दिए । दलहरूसँगको छलफलका आधारमा एमाले कांग्रेस गठबन्धनबाट सरकार निर्माणका लागि बाटो खुल्ला गरिदिने उनको भनाई छ बताए ।
‘आइतबार सरकारमा रहेका दलहरूसँगको छलफलमा विश्वासको मत लिने मितिको बारेमा निर्णय हुन्छ । मैले मिति तय गरेको छैन । साझेदार दलहरूसँगको छलफल पछि संसद् सचिवालयमा पत्र पठाउँछु,’ उनले भने ।
उनका अनुसार केन्द्रमा माओवादी केन्द्रको सरकारले संसद्बाट विश्वासको मत नपाएको र प्रदेशमा पनि प्राप्त नहुने स्पष्ट रहेको छ । सोही अनुसार सरकार निर्माणका लागि मार्ग प्रशस्त गर्न प्रक्रियामा अघि बढेको उनले बताए । नयाँ समीकरणका दलहरू केन्द्रमा सरकार निर्माणमा जुटेको र आइतबार नै नयाँ सरकार गठन हुने भएकाले सो पश्चात् एमाले कांग्रेसले प्रदेशको तयारी थाल्ने मुख्यमन्त्री जम्कट्टेलले बताए ।
‘म आफैँ धेरै समय लिने तयारीमा छैन । विश्वासको मत लिएर वा राजीनामा दिए पनि नयाँ सरकार गठनमा मार्ग प्रशस्त गर्ने हो । प्रक्रियागत रूपमा सरकार निर्माणको लागि सहज वातावरण तयार हुनेछ । उहाँहरू केन्द्रमा सरकार गठनको तयारीमा हुनुहुन्छ । प्रदेशमा त्यति चासो दिनुभएको छैन । केन्द्रमा सरकार गठन भइसकेपछि उहाँहरू अघि बढ्नुहुन्छ । त्यस विषयलाई ध्यानमा राखेर म आफै धेरै समय नलिने र प्रक्रियाबाट सरकारको नेतृत्व चयनका लागि वातावरण निर्माण गर्छु,’ मुख्यमन्त्री जम्कट्टेलले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण