मधेस प्रदेशमा आर्थिक विधेयक २०८१ सर्वसम्मतिले पारित
शनिबार, २९ असार २०८१, २२ : ०६
जनकपुर । मधेस प्रदेशसभाको आजको बैठकबाट मुख्यमन्त्री तथा अर्थमन्त्री सतिशकुमार सिंहले पेस गर्नुभएको आर्थिक विधेयक, २०८१ सर्वसम्मतिले पारित भएको छ । मुख्यमन्त्री सिंहले बजेट बनाउन थोरै समय पाएका कारण करको विषयमा समीक्षा समेत गर्न नसकेको बताए ।
उनले प्रदेश सरकारको आम्दानी बढाउन विज्ञहरूसँग परामर्श गरेर यस विषयमा छलफल गरी नीति निर्माण गरेर अगाडि बढ्ने समेत जानकारी दिए । आज बैठकमा छलफलको क्रममा उठेको प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री सिंहले विगतको सरकारले राखेको करको दायरालाई नै वर्तमान सरकारले यथावत राखेको जानकारी दिए ।
आर्थिक विधेयकमाथिको छलफलमा भाग लिँदै जसपा नेपालका प्रदेशसभा सदस्य रामअशिष यादवले जनतालाई समस्यामा पारेर कुनै पनि प्रकारको कर लगाउन उचित नरहेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खेलौना समातेर चर्चित बनेको अनाथ बाँदर पन्चले मनायो पहिलो जन्मदिन
-
८ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा
-
सिरियामा दुई बस एकआपसमा ठोक्किँदा ३५ जनाको मृत्यु, ३० घाइते
-
रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च
-
मदनकृष्ण श्रेष्ठसहित पाँच स्रष्टालाई ‘छिन्नलता गीत पुरस्कार’
-
माछाका भुरा तथा खाने माछा बिक्रीबाट राजस्व वृद्धि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण