ललितपुर । ललितपुर महानगरपालिकाले आइतबार बालकुमारीमा रहेको अनधिकृत संरचना हटाएको छ । ललितपुर महानगर प्रहरी प्रमुख सीताराम हाछेथुको नेतृत्वमा पुगेको टोलीले सो संरचना हटाएको हो ।
_e1BSYmBev7.jpg)
हाछेथुका अनुसार बागमती नदी छेउमा विगत २५ वर्षदेखि अनधिकृतरूपमा संरचना बनाएर मानिसहरू बस्दै आएका थिए । पछिल्लो समय सो क्षेत्रमा अनधिकृत संरचना बनाउने क्रम बढेपछि महानगरले एक्सन लिएको उनले बताए ।
_6YPiGAWAzy.jpg)
महानगरले १० दिनअघि तीन दिनको समय दिएर सो क्षेत्र खाली गराउन पत्राचार गरेको थियो । तर, समय अपुग हुने भएपछि थप ७ दिनको समय दिएको थियो । सो समयसीमा सकिएसँगै आज महानगरको टोली त्यहाँ पुगेको हो ।
_a8yaSdjqjI.jpg)
हाछेथुका अनुसार त्यहाँ ९ वटा घरटहरा रहेका थिए । त्यसमध्ये २ वटा घरटहराले सूचनापछि ठाउँ खाली गरिसकेका थिए । आज खाली नगरिएका ७ वटा घरटहरा हटाइएको उनले बताए ।
_k48SGeaMkf.jpg)
_9stlA3cPBZ.jpg)
_qkQmdXsaW7.jpg)
_l9gwOMt31M.jpg)
_RqEt2CcQhU.jpg)
_YNpHjjUSlr.jpg)
_N3ExyUmll9.jpg)
_lLrRMbcPCJ.jpg)
_gvsmbhonkd.jpg)
_rLBKivoqxN.jpg)
_j58qEIO0Hb.jpg)
_dNKA1A5W11.jpg)
_mWQ3h34lkm.jpg)
तस्बिरहरू / नेपाल फोटो लाइब्रेरी
प्रतिक्रिया