पेरिस ओलम्पिकको रोचक पक्ष : नदीमा उद्घाटनदेखि पदकमा एफिल टावरको फलामसम्म
काठमाडौँ । विश्व खेलकुदको महाकुम्भ ओलम्पिकको ३३औँ संस्करण फ्रान्सको राजधानी सहर पेरिसमा आयोजना हुँदै छ । जुलाई २६ तारिखमा भव्य समारोहबिच उद्घाटन हुने विश्व ओलम्पिक खेलकुद अगस्त ११ तारिखसम्म चल्नेछ ।
यसपटक ओलम्पिक खेलकुदमा १० हजार ६ सयभन्दा बढी खेलाडीले सहभागिता जनाउँदै छन् । पेरिस ओलम्पिकमा विभिन्न ३२ खेलका तीन सय २९ स्पर्धा समावेश गरिएको छ । पेरिस ओलम्पिकसँग केही रमाइला तथ्य पनि जोडिएका छन् । यहाँ यिनै रमाइला प्रसङ्गको बारेमा चर्चा गरिएको छ ।
पेरिस ओलम्पिकमा एउटा नयाँ समावेश गरिएको छ । यसअघि ओलम्पिकमा यो खेल समावेश गरिएको थिएन । ब्रेकडासिङ खेललाई पहिलो पटक पेरिस ओलम्पिकमा समावेश गरिएको हो ।
कराँते र बेसबललाई यसपटक ओलम्पिकमा समावेश गरिएको छैन । यसअघि टोकियो ओलम्पिकमा यी दुबै खेल समावेश गरिएको थियो ।
यसपटक ओलम्पिकको हरेक पदकमा विश्व चर्चित एफिल टावरको फलाम पनि प्रयोग गरिएको छ । स्वर्ण पदकको तौल ५२९ ग्राम, रजत पदकको तौल ५२५ ग्राम र कांस्य पदकको तौल ४५५ ग्राम रहेको छ ।
पेरिस ओलम्पिकको उद्घाटन समारोह पनि विशेष हुनेछ । यो ओलम्पिकको उद्घाटन समारोह सेरी नदीमा हुने बताइएको छ । उद्घाटन समारोहमा हजारौँ खेलाडी र खेल पदाधिकारी डुंगामार्फत नदी पार गरेर एफिल टावरतर्फ बढ्नेछन् । यसअघिका संस्करणमा उद्घाटन समारोह स्टेडियममा हुने गरेको थियो ।
फ्रान्सको राजधानी सहर पेरिस तीनपटक ओलम्पिक खेलकुद आयोजना गर्ने विश्वकै दोस्रो सहर बनेको छ । पेरिसमा यसअघि सन् १९०० र सन् १९२४ मा ओलम्पिक आयोजना भएको थियो । लन्डनमा भने सन् १९०८, सन् १९४८ र सन् २०१२ मा ओलम्पिक आयोजना भएको थियो ।
पेरिस ओलम्पिकको उद्घाटन समारोहअघि नै दुई खेल सुरु हुनेछन् । उद्घाटन समारोह जुलाई २६ तारिखमा सुरु हुनेछ । तर, फुटबल र रग्बीको स्पर्धा भने जुलाई २४ तारिखमै सुरु हुनेछ ।
ओलम्पिक खेलकुदको ३३औँ संस्करण पेरिसमा आयोजना हुनुभन्दा ठिक एक सय वर्षअघि पनि पेरिसमा ओलम्पिक खेलकुद आयोजना भएको थियो । सन् १९२४ को ओलम्पिक खेलकुद पेरिसमै आयोजना भएको थियो ।
पेरिस ओलम्पिकमा कुल तीन सय २९ वटा स्वर्ण पदकका लागि खेलाडीबिच भिडन्त हुनेछ । त्यसमध्ये सबैभन्दा बढी स्वर्ण पदक एक्वाटिक्स (पौडीलगायतका पानीको खेल) खेलका लागि छुट्टाइएको छ । एक्वाटिक्स खेलका लागि कुल ४९ वटा पदक छुट्टाइएको छ । यो सूचिमा दोस्रो स्थानमा रहेको एथलेटिक्सका लागि ४८ वटा स्वर्ण पदक छुट्टाइएको छ ।
पेरिस ओलम्पिकमा ४५ हजार स्वयंसेवक खटाइने भएको छ । स्वयंसेवकहरु पेरिस ओलम्पिकको हरेक खेलस्थलमा उपस्थित रहने छन् ।
पेरिस ओलम्पिकका लागि ३५ वटा खेलस्थल निर्धारण गरिएको छ । त्यसमध्ये २४ वटा खेलस्थल पेरिसस्थित ओलम्पिक भिलेजभन्दा करिब १० किलोमिटर वरपर रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्यसम्बन्धी तीन वटा ऐन संशोधनका मस्यौदामा सात दिनभित्र सुझाव दिन आग्रह
-
संस्कृत विश्वविद्यालयका नवनियुक्त उपकुलपति खतिवडाले लिए शपथ
-
'बीपीले राष्ट्रपति बन्न अस्वीकार गरेका थिए'
-
धनुषा प्रहरीद्वारा फरार ४४ प्रतिवादी पक्राउ
-
सर्लाहीमा मिटरब्याज पीडितमाथि आक्रमण
-
विश्वभर फेसबुक म्यासेन्जरमा प्राविधिक समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण