कांग्रेसभित्र मन्त्रालयको भागबण्डा : शेखर पक्षले माग्यो ४ मन्त्रालय
काठमाडौँ । नेपाली कांग्रेसको शेखर कोइराला पक्षले केपी ओली नेतृत्वको सरकारमा पार्टीले सहभागिता जनाउँदा आफ्नो पक्षबाट ४ जना मन्त्री बन्नुपर्ने निष्कर्ष निकालेको छ ।
कांग्रेस र एमालेबिच मन्त्रालयको भागबन्डा हुँदा १० वटा मन्त्रालय कांग्रेसले पाउने मोटामोटी समझदारी भएको छ । जसअनुसार महामन्त्री गगन थापासहित इतर समूहको आइतबार बसेको बैठकले कम्तीमा ४ मन्त्रालय पाउनुपर्ने र सोहीअनुसार सभापति शेरबहादुर देउवासँग कुराकानी गर्ने निष्कर्ष निकालेको हो ।
कांग्रेस नेता अर्जुन नरसिंह केसीले सभापति देउवासँग कम्तीमा ४ मन्त्री माग गर्ने निर्णय भएको जानकारी दिए ।

बैठकमा शेखर–गगनका साथसाथै उपसभापति धनराज गुरुङ, नेताहरु अर्जुननरसिंह केसी जीवन परियार, बद्री पाण्डे, दिलेन्द्र बडूलगायत सहभागी भएका थिए ।
यसअघि शनिबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सरकारमा सहभागी हुने मन्त्रीहरू चयन गर्दा योगदान र योग्यताका आधारमा समावेशिता तथा प्रादेशिक सन्तुलन दृष्टिगत गरेर चयन गर्ने निर्णय भएको छ। सोहीअनुसार कांग्रेसले अब आन्तरिक भागबन्डा मिलाएर मन्त्री टुङ्ग्याउने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण