वर्षाका कारण जोखिममा परेका घरपरिवारको सामान स्थानान्तरण
आइतबार, ३० असार २०८१, १४ : ०७

काठमाडौँ । काठमाडौँको टोखामा वर्षाका कारण पहिरो गई जोखिममा परेका तीन घरपरिवारको सामान सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । आइतबार सशस्त्र प्रहरीको टोलीले टोखा नगरपालिका–३ भूतखेल चौर नजिकै जोखिममा परेका घरपरिवारको सामान सुरक्षित स्थानमा स्थानान्तरण गरेको हो ।
सशस्त्र प्रहरी बल, नेपाल नं. २० विपद् उद्धार गण सिनामंगलबाट विपद् उद्धारसहितको सुरक्षा फौज र स्थानीय बासिन्दाले ती घरपरिवारका लत्ताकपडा, भाँडा वर्तन लगायतका र अन्य सामान सुरक्षित स्थानमा स्थानान्तरण गरेको सशस्त्र प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पल र नीतिको रोमान्टिक अवतारमा खिचियो ‘चाहिँदैन मोहर’
-
दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अनुमति
-
मिथुन चक्रवर्तीको घर अवैध, वैध प्रमाणित गर्न नसके भत्काइने
-
सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक निर्णायक उपलब्धि सावित हुने प्रचण्डको विश्वास
-
रियलले भित्र्यायो बोर्नमाउथका युवा डिफेन्डर
-
आईपीएल : आरसीबी फाइनल पुगेमा टोलीको हौसला बढाउन एबी डे भिलियर्स भारत आउने