गाजाको अस्थायी मस्जिदमा भएको आक्रमणमा कम्तीमा २२ जनाको मृत्यु

जेरुसेलम । पश्चिमी गाजा शहरको शिविरमा रहेको अस्थायी मस्जिदमा शनिबार भएको आक्रमणमा कम्तीमा २२ जनाको मृत्यु भएको अस्पतालका एक अधिकारीले जनाएका छन् ।
अल-अहली अस्पतालको आकस्मिक कक्षका प्रमुख डा.अमजद इलेवाले सीएनएनलाई दिएको जानकारी अनुसार अल शाती क्याम्पको फिल्ड मस्जिदमा भएको आक्रमणमा २० जना पुरुषको मृत्यु भएको थियो, र थप दुई पुरुषको आइतबार अस्पतालमा मृत्यु भएको हो।
गाजाको सिभिल डिफेन्सका प्रवक्ता महमूद बसालले सीएनएनलाई भने कि बम विस्फोट ‘दिउँसोको प्रार्थनाको बिचमा’ भएको थियो। उनले सबै घाइतेहरु गम्भीर रहेको र अपरेशन आवश्यक रहेको बताए ।
घटनास्थलको भिडियोमा शवहरू प्रार्थनाको लागि बिछ्याइएको म्याटमा लडिरहेको देखाइएको छ। धेरै मृत र घाइते व्यक्तिहरू हात-खुट्टा क्षतविक्षत भएको देख्न सकिन्छ।
इजरायली आईडीएफले हालसम्म घटनामा कुनै टिप्पणी गरेको छैन। कुनै पनि आक्रमणको लागि पूर्व चेतावनीको कुनै रिपोर्ट थिएन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डोल्पामा आगामी जेठ पहिलो सातादेखि यार्सागुम्बा सङ्कलन
-
भ्यानले अटोरिक्सालाई ठक्कर दिँदा चालकको मृत्यु
-
प्रधानन्यायाधीशले पूर्वराजा भेटेको समाचार लेख्ने पत्रकारलाई धरौटीमा छाड्ने आदेश
-
‘एआईको प्रयोगले न्युज रुममा असर होइन, राम्रो गर्छ’
-
नौ महिनामा भएका सवारी दुर्घटनामा ७० जनाको मृत्यु
-
१० बजे १० समाचार : सिंहदरबारमा ओली–प्रचण्ड भेट, कांग्रेसले चार भ्रातृसंस्था भङ्ग गर्ने