गाजाको अस्थायी मस्जिदमा भएको आक्रमणमा कम्तीमा २२ जनाको मृत्यु
जेरुसेलम । पश्चिमी गाजा शहरको शिविरमा रहेको अस्थायी मस्जिदमा शनिबार भएको आक्रमणमा कम्तीमा २२ जनाको मृत्यु भएको अस्पतालका एक अधिकारीले जनाएका छन् ।
अल-अहली अस्पतालको आकस्मिक कक्षका प्रमुख डा.अमजद इलेवाले सीएनएनलाई दिएको जानकारी अनुसार अल शाती क्याम्पको फिल्ड मस्जिदमा भएको आक्रमणमा २० जना पुरुषको मृत्यु भएको थियो, र थप दुई पुरुषको आइतबार अस्पतालमा मृत्यु भएको हो।
गाजाको सिभिल डिफेन्सका प्रवक्ता महमूद बसालले सीएनएनलाई भने कि बम विस्फोट ‘दिउँसोको प्रार्थनाको बिचमा’ भएको थियो। उनले सबै घाइतेहरु गम्भीर रहेको र अपरेशन आवश्यक रहेको बताए ।
घटनास्थलको भिडियोमा शवहरू प्रार्थनाको लागि बिछ्याइएको म्याटमा लडिरहेको देखाइएको छ। धेरै मृत र घाइते व्यक्तिहरू हात-खुट्टा क्षतविक्षत भएको देख्न सकिन्छ।
इजरायली आईडीएफले हालसम्म घटनामा कुनै टिप्पणी गरेको छैन। कुनै पनि आक्रमणको लागि पूर्व चेतावनीको कुनै रिपोर्ट थिएन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
-
वर्षाले काठमाडाैँ–१० जलमग्न, तस्बिरहरू
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण