हमलापछि मिडियासँगको पहिलो अन्तरवार्तामा ट्रम्पले के भने ?
वाशिङडन डीसी । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूमाथि भएको घातक हमलापछि पहिलो पटक अन्तरवार्ता दिएका छन् । आफ्नो पहिलो अन्तरवार्तामा ट्रम्पले रिपब्लिकन पार्टीको महाधिवेशनमा दिन लागेको भाषणलाई पूर्ण रूपमा पुनर्लेखन गरेको बताएका छन् । यसमा उनले बाइडेनको आलोचना गर्नुको सट्टा ‘एकता’ को सन्देश दिनमा ध्यान केन्द्रित गरेको बताए ।
ट्रम्प रिपब्लिकन पार्टीको राष्ट्रिय महाधिवेशनमा सहभागी हुन मिलवाउकी पुगेका छन् । मङ्गलवारदेखि यहाँ पार्टीको चार दिने राष्ट्रिय महाधिवेशन सुरु हुँदैछ । यसमा ट्रम्पलाई आधिकारिक रूपमा रिपब्लिकन पार्टीको राष्ट्रपतिको उम्मेदवार घोषणा गरिनेछ । वाशिङ्गटन एग्जामिनरलाई दिएको एउटा अन्तरवार्तामा उनले आफूले दिने भाषण निकै जर्बदस्त हुने बताए ।
‘यो आक्रमण हुँदैनथ्यो भने यो अहिलेसम्मकै सबैभन्दा सामान्य भाषण हुने थियो । यसमा राष्ट्रपति बाइडेनका नीतिहरूका आलोचना थियो । तर अब इमानदारीपूर्वक भन्ने हो भने अब यो बिल्कुल अलग भाषण हुन गइरहेको छ । यो देशलाई एक साथ अगाडि लिएर जाने मौका हो । मैले यो मौका पाएको छु’ उनले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सात मिनेटसम्म मृत मानिएका यी फुटबलर जारी विश्वकपमा प्रशिक्षक बनेर कमाल गर्दैछन्
-
डेली मेलविरुद्धको कानुनी लडाइँको अन्तिम फैसला सुन्न राजकुमार ह्यारी लन्डनमा
-
किसानलाई अनुदानमा कृषि उपकरण
-
फोहर व्यवस्थापनमा वित्तीय साझेदारी खोज्दै काठमाडाैँ महानगरपालिका
-
एनसेललाई पटक पटक विवादमा तान्नुको कारण के हो ?
-
काममा ढिलासुस्ती गर्नु पनि अब भ्रष्टाचार : समयमै निर्णय नगर्ने र फाइल रोक्ने कर्मचारी पनि कारबाहीमा पर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण