११ करोड खर्चेर उदिपुरमा पहिरो रोकथाम गरिँदै
लमजुङ । सङ्घीय सरकारको रु ११ करोड १९ लाख बजेटमा उदिपुर देउरालीडाँडा पहिरो रोकथाम सुरु गरिएको छ । डुम्रे बेँसीसहर सडकखण्डअन्तर्गत बेँसीसहर नगरपालिका–१ उदिपुरमा पहिरो रोकथामका लागि पर्खाल निर्माण सुरु गरिएको हो ।
डुम्रे बेँसीसहर चामे सडक योजना कार्यालयका सूचना अधिकारी किरण पोखरलेले हालसम्म ७० प्रतिशत काम सम्पन्न भएको जानकारी दिए । हालसम्म टेवा, पर्खाल, ग्याबिन जाली लगाइएको र मर्स्याङ्दी नदीमा ‘माइक्रो पाइल’ निर्माण भइरहेको उनले बताए ।
उनका अनुसार मर्स्याङ्दी नदीबाट सडकसम्म एक सय मिटर उचाइ र ८० मिटर लम्बाइको ग्याबिन जाली लगाइएको छ । अब तीन सय मिटर सडक कालोपत्र र सडकमाथि ८० मिटर उचाइ, ७० मिटर लम्बाइको पहिरो ‘नेलिङ’ गर्ने काम बाँकी रहेको उनको भनाइ छ ।
फेवा कन्ट्रक्सन प्राइभेट लिमिटेड कास्कीले उक्त योजना ठेक्का लिएको छ । कार्यालयका अनुसार सो कम्पनीले विसं २०७९ चैत १० गते सम्झौता तथा चैत १७ गतेदेखि काम थालेको योजना आगामी पुस २९ गतेसम्ममा सम्पन्न गर्ने सम्झैता म्याद छ । मौसमले साथ दिएमा निर्धारित समयमा काम सम्पन्न हुने बताइएको छ ।
सो स्थानमा विसं २०७८ असार १ गते र विसं २०७९ साउन ११ गते गएको पहिरोले सडक बगाएको थियो । सडक बगाएपछि लामो समयसम्म वैकल्पिक रूपमा नेपाली सेनाको ब्यारेक, रिठ्ठेबगर हुँदै उदिपुर बजार जोडिने ट्र्याक खोलेर सवारी सञ्चालन भएको थियो । ४२ किलोमिटर लामो यस सडकको ठुलो पहिरोको रूपमा उदिपुर रहेको छ । यो सडक हुँदै बेँसीसहरबाट डुम्रे तनहुँ, काठमाडौँ, पोखरा, चितवन र बेँसीसहर साथै हिमाली जिल्ला मनाङ जाने यात्रुहरु यात्रा गर्ने गर्दछन् । छिमेकी जिल्ला तनहुँको डुम्रे बजारबाट विसं.२०२९ मा खन्न सुरु गरिएको यो सडक बेँसीसहरसम्म ४२ किलोमिटरसम्म जोड्न १५ वर्ष लागेको थियो ।
विसं २०४६ मा ट्र्याक खुलेसँगै विसं २०५२ देखि सिङ्गल लेनको कालोपत्र थालिएको थियो । चार वर्षमा ४२ किलोमिटर सडक कालोपत्र भएको थियो । त्यसयता सडक स्तरोन्नति र मर्मत हुनुको सट्टा बर्सेनि जाने पहिरोले सडक अवरुद्ध हुँदा यात्रुले हैरानी भोग्दै आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
-
स्तनपान गराउने आमाको सङ्ख्या घट्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण