गृहमन्त्रीको पहिलो निर्णय
सिमलताल दुर्घटनाबारे ५ सदस्यीय अध्ययन कार्यदल गठन
सोमबार, ३१ असार २०८१, १६ : ३०
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले असार २८ गते शुक्रबार भएको सिमलताल बस दुर्घटनाबारे अध्ययन गर्न कार्यदल गठन गरेका छन् । सोमबार मन्त्रीमा नियुक्तिपछि पदभार ग्रहण गर्दै मन्त्री लेखकले सहसचिव छवि रिजालको नेतृत्वमा कार्यदल बनाउने निर्णयमा हस्ताक्षर गरेका हुन् ।
कार्यदलमा ३ सुरक्षा निकायका ३ जना, भौतिक मन्त्रालयका १ जना र सहसचिव रिजाल गरी ५ जना रहेका छन् । कार्यदललाई १० दिन समय दिइएको छ ।
नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत सिमलतालमा गत शुक्रबार बिहान करिब साढे ३ बजे खसेको पहिरोले दुई वटा बसलाई त्रिशूली नदीमा खसालेको थियो ।दुर्घटनामा बेपत्ता भएका ६५ जनामध्ये सोमबारसम्म १२ जनाको शव फेला परेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण