प्रतिनिधि सभामा आदिवासी जनजाति आयोगको चौथो वार्षिक प्रतिवेदन पेश
सोमबार, ३१ असार २०८१, १८ : ३९
काठमाडौँ । प्रतिनिधि सभामा आदिवासी जनजाति आयोगको चौथो वार्षिक प्रतिवेदन पेश भएको छ । सोमबार बसेको प्रतिनिधि सभाको पहिलो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले आदिवासी जनजाति आयोगको चौथो वार्षिक प्रतिवेदन(२०७९/०८०) पेश गरेका हुन् ।
बैठकमा प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीले प्रतिनिधि सभामा उत्पत्ति भएको राष्ट्र ऋण उठाउने विधेयक, २०८१ र भन्सार महसुल विधेयक, २०८१ राष्ट्रिय सभाबाट सुझाव बिना पारित भएको सन्देशको जानकारी गराएका थिए । त्यस्तै उनले आर्थिक विधेयक २०८१ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश टेबुल गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकै दिन भक्तपुरबाट ४० टन ताइचिन चिउरा बिक्री
-
लुम्बो हिमशिखरको पहिचान
-
पाल्पामा गोरुले खेतबारी जोत्ने प्रचलन हराउँदै
-
जर्मनी भर्सेस पाराग्वे: २०१४ पछि पहिलो पटक नकआउट चरणमा जर्मनी
-
मार्टिनेली नायक बन्दा ब्राजिलको रोमाञ्चक पुनरागमन, जापान विश्वकपबाट बाहिरियो
-
देशभर ६२.६८ प्रतिशत क्षेत्रमा मात्र सिँचाइ सुविधा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण