मुकुल ढकालसहित रवि र स्वर्णिमलाई पक्राउ गर्न हाम्रो नेपाली पार्टीको माग
काठमाडौँ । हाम्रो नेपाली पार्टीले मुकुल ढकालसहित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र उपसभापति स्वर्णिम वाग्लेलाई पक्राउ गर्न माग गरेको छ । देश द्रोह जस्तो गम्भीर आरोप लागेका उनीहरूलाई न्यायिक हिरासतमा लिई सत्य तथ्य पत्ता लगाउन नेपाल सरकार समक्ष पार्टीले माग गरेको हो ।
पार्टीका अध्यक्ष ई . अनन्त राज घिमिरेद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘मिति २०८१ असार २९ गते टिकाराम यात्रीको अँध्यारोबाट उज्यालोतिर कार्यक्रममा देशकै ठुलो दल रास्वपाका निवर्तमान महामन्त्री डा. मुकुल ढकालले अन्तर्वार्तामा दिएका अभिव्यक्ति प्रति हाम्रो नेपाली पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । उनले दिएका अभिव्यक्ति ‘रवि लामिछानेलाई भारतले प्रधानमन्त्री बनाइदिए भारतसँग जस्तोसुकै सम्झौता गर्न तयार भए रवि लामिछाने” र रवि लामिछाने गृहमन्त्री भएको सात दिन भित्र उक्त पार्टीका उपसभापति स्वर्णिम वाग्ले सहित भारतीय राजदूतलाई भेट गरी स्वर्णिम वाग्लेले ‘हामी नेपाललाई भारतको प्रान्त बनाउन वा भुटानीकरण गर्न तयार छौँ’ भन्ने ढकालले दिएका छन् । यी दुई भनाइका सम्बन्धमा हाम्रो नेपाली पार्टी गम्भीर बनेको छ ।’
देशको चौथो ठुलो पार्टीको सभापति तथा निवर्तमान गृहमन्त्री र उक्त पार्टीको उपसभापति तथा सांसदमाथि उक्त पार्टीका जिम्मेवार पदमा बसिसकेको व्यक्तिले आफू स्वयम उपस्थित भएको बैठकको बारेमा दिइएका अभिव्यक्तिलाई राज्यले नजरअन्दाज गर्न नसक्ने पार्टीको भनाई छ । डा. मुकुल ढकाललाई तत्काल पक्राउ गरी स्वतन्त्र न्यायिक छानबिन आयोग गठन गर्न पार्टीको माग छ ।
‘देशद्रोह जस्तो गम्भीर आरोप लागेका डा. स्वर्णिम वाग्ले र रवि लामिछानेलाई समेत न्यायिक हिरासतमा लिई सत्य तथ्य पत्ता लगाउन नेपाल सरकारलाई हार्दिक अपिल गर्दछु,’ विज्ञप्तिमा भनिएको छ, ‘यति गम्भीर आरोप लागेको र लगाइएको विषयमा देशका कुनै पार्टी, संघ, संगठन, नागरिक समाजबाट कुनै विज्ञप्ति वा प्रतिक्रिया नआउनु अझ गम्भिर शङ्कास्पद छ ।’
यदि डा. मुकुल ढकालले दिएको अभिव्यक्ति गलत हो भने उनलाई कानुनअनुसार सचेत गरि पाटन अस्पताल रिफर गरियोस् भन्ने पार्टीको माग छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
गोदावरी नगरपालिकाका प्रशासकीय अधिकृत चढ्ने स्कोर्पियो चोरी
-
सगरमाथामा ‘चमत्कार’ : सात दिनपछि ‘डेथ जोन’ बाट कसरी जीवितै फर्किए दावा शेर्पा ?
-
ट्रम्पद्वारा ८ हजार संघीय कर्मचारीलाई हटाउने आदेशमा हस्ताक्षर
-
चिडियाखानामा ‘ट्रम्प’ भैँसी
-
हरियालीमा २० मिनेट मात्रै बिताउँदा पनि कम हुन्छ तनाव
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनुपर्नेमा सांसदहरुको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण