कमैया मुक्ति दिवसको अवसरमा कैलालीका स्थानीय तहले दिए सार्वजनिक बिदा
धनगढी । कमैया मुक्ति दिवसको अवसरमा कैलाली जिल्लास्थित स्थानीय तहहरूले बुधबार सार्वजनिक बिदा दिएका छन् । २४ औँ कमैया मुक्ति दिवसको अवसरमा थारु बाहुल क्षेत्रका स्थानीय तहहरूले सार्वजनिक बिदा दिएका हुन् ।
कैलालीको कैलारी गाउँपालिका, भजनी नगरपालिका, टीकापुर नगरपालिका, जोशीपुर गाउँपालिका, जानकी गाउँपालिकालगायत पालिकाहरूले छुट्टा छुट्टै सूचना जारी गर्दै सार्वजनिक बिदा दिएका छन् ।
कैलालीको जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले कमैया रुपी दासताको जीवनबाट मुक्त भएको दिनको रूपमा कमैया मुक्ति दिवस भएको हुँदा पालिकास्तरमा सार्वजनिक बिदा दिएको बताए ।
पश्चिम तराइका कैलाली, कञ्चनपुर, दाङ, बाँके, बर्दिया जिल्लामा एकताका जमिनदारहरूका घरमा बाँधुवा मजदुरको रूपमा कमैया बस्ने गरिन्थ्यो । राज्यले २०५७ साउन २ गते कमैया मुक्तिको घोषणा गर्यो । २७ हजारभन्दा बढी कमैयाहरू मुक्त भए । त्यसयता कमैया दिवस मनाइँदै आएको मुक्तकमैया समाजका केन्द्रीय अध्यक्ष पशुपति चौधरीले बताए ।
तर हालसम्म सयौँ मुक्तकमैया अझैसम्म पुनर्स्थापना हुन बाँकी रहेका छन् । बुधबार दिवसको अवसरमा पालिका स्तरमा भेला, र्याली, अन्तरक्रिया कार्यक्रम गर्ने योजना रहेको अध्यक्ष चौधरीले सुनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अम्बानीको जियोले ल्याउँदैछ भारतको इतिहासकै ठुलो आईपीओ
-
उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका
-
कृषि उत्पादनमा जोडिँदै महिला सहकारी
-
बस र ट्रक ठोक्किँदा एक महिलाको मृत्यु, तीन जना घाइते
-
दोस्रो हाफमा गोलको खडेरी, सहज जिततर्फ ब्राजिल
-
रास्वपा महाधिवेशन : विदेशबाट पनि मतदान गर्न मिल्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण