आयात प्रतिस्थापन गर्न निर्यात प्रवर्द्धनमा जोड दिनुपर्छ : मन्त्री भण्डारी
मङ्गलबार, ०१ साउन २०८१, २१ : ३९
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले औद्योगिक क्षेत्रबाट मुलुकको आर्थिक समृद्धि हासिल गर्न आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनमा जोड दिनुपर्ने बताएका छन् ।
आज औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको ३७औँ वार्षिकोत्सव समारोहमा उहाँले सरकार र निजी क्षेत्रबिच छलफल र सहकार्य गरेर नेपाली उद्योगलाई प्रोत्साहन गर्नुपर्ने बताए । “चलायमान भएको नेपाली पुँजीलाई नेपालमा रोक्न र विदेशी रहेका नेपाली युवालाई नेपालमा नै रोक्न रोजगारी सिर्जनामा जोड दिनुपर्छ । यसका लागि रुग्ण उद्योग सञ्चालनको आवश्यकता छ”, मन्त्री भण्डारीले भने ।
उद्योगमा निजी क्षेत्रको लगानी बढाउन लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्ने बताउँदै उनले औद्योगिक विकासका लागि सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण