श्रीलंका भ्रमणका लागि भारतको कप्तानको रेसमा हार्दिक र सूर्य

नयाँ दिल्ली । श्रीलंका भ्रमणका लागि आज भारतीय टोली छनोट हुन सक्नेछ । यो भ्रमणमा तीन टी–२० र तीन एकदिवसीय खेलको शृंखला हुनेछ, जुन २७ जुलाईमा टी–२० खेलबाट सुरु हुनेछ । यो भ्रमण अगस्ट ७ मा एकदिवसीयसँग समाप्त हुनेछ।
रोहित शर्माको सन्न्यासपछि अब यो फर्म्याटमा सूर्यकुमार यादव वा हार्दिक पाण्ड्यालाई कप्तानी दिने चर्चा छ । ईएसपीएन क्रिकइन्फोका अनुसार श्रीलंका भ्रमणमा सूर्यलाई कप्तान बनाउन सकिनेछ । केही मिडिया रिपोर्टमा हार्दिक पाण्ड्यालाई कप्तानी दिने बताइएको छ ।
रोहित शर्माले १७ वर्षपछि टिम इन्डियालाई टी–२० विश्वकप जिताएसँगै यो फर्म्याटबाट सन्यास लिएका छन् । उनीसँगै विराट कोहली र रवीन्द्र जडेजाले पनि टी–२० बाट सन्यास लिएका छन् ।
हार्दिक टी२० विश्वकपमा भारतीय टोलीका उपकप्तान थिए। हार्दिकसँग आईपीएलमा गुजरात टाइटन्स र मुम्बई इन्डियन्सको कप्तानी गरेको अनुभव छ। उनको कप्तानीमा गुजरात टाइटन्सले डेब्यु आईपीएलमा नै उपाधि जितेको थियो। त्यसपछि टोली दोस्रो पटक फाइनलमा पुग्यो।
हार्दिकले ३ वटा एकदिवसीय र १६ टी–२० मा भारतीय टिमको कप्तानी पनि गरेका छन् । तर, हार्दिकको कप्तानीमा फिटनेस बाधक बनेको छ । गत वर्ष अक्टोबर–नोभेम्बरमा भारतमा भएको एकदिवसीय विश्वकपमा हार्दिकको घुँडाको चोट लागेको थियो । त्यसपछि उनी आईपीएल २०२४ सम्म खेलबाट बाहिर थिए ।
आईपीएलमा मुम्बई इन्डियन्सको कप्तानी पाएपछि उनी मैदानमा फर्किएका थिए । एकदिवसीय विश्वकपपछि उनले टी–२० विश्वकपमा सिधै अन्तर्राष्ट्रिय खेल खेले । भारतले २०२२ यता ७९ टी–२० खेलेको छ । हार्दिक यसमध्ये ४६ खेलमा मात्रै टिममा थिए ।
उता सूर्यकुमारले घरेलु प्रतियोगितामा मुम्बईको कप्तानी गरिसकेका छन् । गत वर्ष भारतीय टोलीले उनको कप्तानीमा अष्ट्रेलियाविरुद्ध टी–२० सिरिज जितेको छ । अस्ट्रेलियाविरुद्धको ५ खेलको टी–२० सिरिज भारतले ४–१ ले जितेको थियो । त्यसपछि दक्षिण अफ्रिकासँगको सिरिज १–१ को बराबरी खेलेका थिए ।
यसैबिच, श्रीलंका भ्रमण गौतम गम्भीरको भारतीय टोलीको प्रशिक्षकको रूपमा पहिलो असाइनमेन्ट हुनेछ । टी–२० विश्वकपपछि राहुल द्रविडको कार्यकाल सकिएको थियो । त्यसपछि गौतम गम्भीर भारतीय टोलीको नयाँ प्रशिक्षकमा नियुक्त भएका हुन् ।
भारतीय टोली शुभमन गिलको कप्तानीमा जिम्बाब्वेविरुद्धको टी–२० सिरिज ४–१ ले जितेर फर्किएको छ । यो टोलीमा टी(२० विश्वकप जितेको भारतीय टोलीका मात्र ३ खेलाडी थिए। यो भ्रमणमा युवा खेलाडीलाई मौका दिइएको थियो । पहिलो खेलमा हार बेहोरेपछि भारतले बाँकी चार खेल जितेको थियो ।
T20I Tri-Series in Scotland, 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विलासिता कर फिर्ता लिन माग गर्दै सुनचाँदी व्यवसायीको आज पनि प्रदर्शन
-
नेप्सेमा सामान्य गिरावट, कारोबारको उत्साह पनि टिकेन
-
मेलिना र दिनेशको सहकायको ‘नाम के हो नानी’ सार्वजनिक
-
के छ संघीय लोकतान्त्रिक मोर्चाको कार्यविधिमा ?
-
नक्कली ओम शर्मा बनेर ओम उपाध्यायको ठगी धन्दा, प्रहरीलाई ध्यानाकर्षण
-
सगरमाथा संवादको निष्कर्ष कार्यान्वयन गर्न कार्ययोजना तयार : वनमन्त्री