एम्बाप्पेले कहिले गर्छन् रियलका लागि डेब्यू ?
मड्रिड । किलायन एम्बाप्पेले आगामी महिना हुने एटलान्टाविरुद्धको यूईएफए सुपर कपमा रियल मड्रिडका लागि डेब्यू गर्ने तयारी गरेका छन् ।
पेरिस सेन्ट जर्मेनबाट रियल भित्रिएपछि २५ वर्षीय फ्रेन्च खेलाडीलाई रियलको डेब्यू र उनको नाकको चोटको अवस्थाबारे प्रश्न गरिएको थियो । जवाफमा उनले आगामी महिना हुने युरोपा लिग विजेता एटलान्टासँगको भिडन्तलाई आफूले लक्ष्य बनाइरहेको बताएका हुन् ।
अमेरिकामा हुने क्लबको प्रि–सिजन टुरबारे गरिएको प्रश्नमा उनले भने, ‘यस विषयमा प्रशिक्षक र क्लबसँग सल्लाह गर्छु । यदि क्लबले हुन्छ भन्यो भने म जान्छु । म अहिले क्लबको अधीनमा छु । सुपर कप खेल खेल्न पाउँछु भन्नेमा म आशावादी छ । तर, यो पनि प्रशिक्षकमा भरपर्छ । पहिलो खेल खेल्नका लागि म मेहनत गर्नेछु ।’
आफ्नो नाकको चोटको बारे उनले थपे, ‘म मेडिकल टोलीसँग सम्पर्कमा छु । मैले उहाँहरूको सल्लाह सुनिरहेको छु र सकेसम्म चाँडो मैदानमा फर्कनेछु । म टोलीलाई सकेसम्म अधिकतम योगदान दिन चाहन्छु ।’
यो हाईफ्रोफाइल ट्रान्सफरपछि फुटबल समर्थकहरूले एम्बाप्पेले कहिलेदेखि खेल्न थाल्छन् भनेर प्रतीक्षामा छन् । रियलले जुलाई ३१देखि अमेरिकामा प्रिसिजन सुरु गर्नेछ ।
पहिलो खेलमा एसी मिलानको सामना गरेपछि टोलीले बार्सिलोना र चेल्सीसँग खेल्नेछ । सुपर कपको फाइनल खेल भने पोल्यान्डको वारसमा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिराेले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध
-
बर्नहम बन्दै छन् बेलायतका नयाँ प्रधानमन्त्री : यस्तो छ सत्ता हस्तान्तरण प्रक्रिया
-
कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तार : एक वर्षमा १७ हजारभन्दा बढी सेवा
-
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता
-
साउनको पहिलो सोमबार गोकर्णेश्वर मन्दिरमा भक्तजनको घुइँचो
-
बसपार्कको गेस्ट हाउसमा २५ वर्षीया युवतीको शव फेला, हत्या आशङ्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण