उद्योगीलाई अर्थमन्त्रीको ढाडस– आफूलाई एक्लै र निरीह नठान्नुहोस्
काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निजी क्षेत्रले सरकारमाथि गरेको विश्वास र भरोसा टुट्न नदिने बताएका छन् । अर्थमन्त्री पौडेलले आज सिंहदरबारमा पुगेका निजी क्षेत्रका छाता सङ्गठनका प्रतिनिधिसँग कुराकानी गर्दै सरकारको अनुभूति दिनेगरी काम गर्ने बताएका हुन् ।
उनले मनोबल आयात र निर्यात घटेकोबारे आफू जानकार रहेको बताउँदै विदेशी मुद्राको सञ्चिति र रेमिट्यान्स आप्रवाहको विषयमा जानकार रहेको जानकारी दिए । यसबाहेक सर्वसाधारणको मनोबल टुटेको पाइएको बताए । ‘मनोबल टुटेमा जगाउन मुस्किल छ । मान्छेहरूको मनोबल टुटेको छ र उद्योगी व्यवसायीको मनोबल टुटेको छ,’ पौडेलले भने ।
यस्तै उनले उद्योगी यतिबेला टिक्नका लागि नै सोचमग्न भइरहेको पाइएको बताए । निजी क्षेत्र उत्पादन बढाउन, व्यापार बढाउन र राजश्व बढी तिर्नमा ध्यान केन्द्रित गर्नुपर्नेमा टिक्नै समस्या परिरहेको बताए । ‘तपाईंहरु एक्लै, निरीह र नदिको पल्लो किनारामा रहेको नठान्नुहोला,’ अर्थमन्त्री पौडेलले भने, ‘आफूलाई पराई नठान्नुहोला । हामी एउटै नदी किनारामा छौँ । बग्यौ भने सँगै बग्छौँ र तर्यौ भने सँगै तर्छौं ।’
अर्थतन्त्रमा देखिएका सबै समस्या र चुनौती समाधानका लागि निरन्तर छलफल गरेर एउटै टेबलमा बसेर समाधान खोज्नुपर्ने बताए । ‘सरकारले खोजेको समाधान निजी क्षेत्रलाई र निजी क्षेत्रले खोजेको समाधान सरकारलाई मान्य हुने गरी छलफल गर्ने विश्वास दिलाउन चाहन्छु,’ उनले भने । त्यसक्रममा पौडेलले निजी क्षेत्रले अर्थतन्त्र चलायमान बन्ने सन्देश बोकेर निश्चित बन्न सुझाए ।
अर्थतन्त्रमा देखिएको समस्यालाई नीतिमार्फत नै सघाउने अर्थमन्त्री पौडेलले बताए । नीतिमा गर्नुपर्ने संशोधनका बारेमा निजी क्षेत्रले गहन अध्ययन गरेर सुझाव दिन समेत उनले आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण