पूर्वप्रधानमन्त्री चन्दलाई भेट्न वीर अस्पताल पुगे अध्यक्ष लिङ्देन
बुधबार, ०२ साउन २०८१, १७ : ५८

काठमाडौँ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले संस्थापक अध्यक्ष एवं पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । ‘अस्वस्थ भई काठमाडौँको वीर अस्पतालमा भर्ना भएका चन्दलाई टाइफाइड र पिसाबमा इन्फेक्सन देखिएको छ,’ प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।
अध्यक्ष लिङ्देन,निर्देशन समितिका अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीलगायतका नेताहरूले बुधबार अस्पताल पुगेर चन्दकाे स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए । अन्य परीक्षणहरू भइरहेकाले विस्तृत रिपोर्ट आउन बाँकी रहेको चन्दका छोरा जयन्त चन्दको भनाइ उद्धृत गर्दै श्रेष्ठले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड शौचालयमा लडेर सामान्य घाइते
-
आज राष्ट्रिय पत्रकारिता दिवस, प्रधानमन्त्रीले दिए शुभकामना
-
नीति तथा कार्यक्रममाथि आज पनि छलफल हुँदै, राष्ट्रियसभामा प्रधानमन्त्रीले जवाफ दिने
-
सामाजिक सुरक्षा कोष अब अनिवार्य, कसरी हुन्छ कार्यान्वयन ?
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
आईपीएल क्रिकेट : मुम्बईलाई हराउँदै गुजरात शीर्ष स्थानमा