पूर्वप्रधानमन्त्री चन्दलाई भेट्न वीर अस्पताल पुगे अध्यक्ष लिङ्देन
बुधबार, ०२ साउन २०८१, १७ : ५८
काठमाडौँ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले संस्थापक अध्यक्ष एवं पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । ‘अस्वस्थ भई काठमाडौँको वीर अस्पतालमा भर्ना भएका चन्दलाई टाइफाइड र पिसाबमा इन्फेक्सन देखिएको छ,’ प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।
अध्यक्ष लिङ्देन,निर्देशन समितिका अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीलगायतका नेताहरूले बुधबार अस्पताल पुगेर चन्दकाे स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए । अन्य परीक्षणहरू भइरहेकाले विस्तृत रिपोर्ट आउन बाँकी रहेको चन्दका छोरा जयन्त चन्दको भनाइ उद्धृत गर्दै श्रेष्ठले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले नेता ईश्वर पोखरेलकी श्रीमती मिरालाई क्यान्सर
-
नागरिक अगुवा पाण्डेको अन्त्येष्टि
-
प्रेम र कर्तव्यको गुजुल्टो
-
सार्वजनिक खरिद ऐन संशोधन : न्यून दरको प्रतिस्पर्धा अन्त्य हुने, निर्माण क्षेत्र उत्साहित
-
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै आन्दोलन
-
‘केनलाई डिफेन्डर किन बनाइयो ?’ ट्रम्पले पनि उठाए इंग्ल्याण्डको रणनीतिमाथि प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण