वैद्यबाट फुटेको समूहले वैज्ञानिक समाजवादी पार्टी गठन गर्ने
काठमाडौँ । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीबाट अलग भएको समूहले वैज्ञानिक समाजवादी पार्टी गठन गर्ने बताएको छ । धर्मेन्द्र बास्तोलाको नेतृत्वमा सो पार्टीबाट अलग भएको समूहले एकता प्रक्रिया असफल भएकाले नयाँ पार्टी गठन गर्ने बताएको हो ।
संयोजक मोहन वैद्य किरणसँग वैचारिक, सैद्धान्तिक र साङ्गठनिक मतभेद भएपछि मंगलबार पार्टीबाट अलग भएको घोषणा गरेका थिए । उनले अब पार्टीमा नफर्किने भन्दै नयाँ वैज्ञानिक समाजवादी पार्टी निर्माणमा लाग्ने स्पष्ट पारे । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा जान लागिएको चर्चा हल्ला मात्र भएको उनले बताए ।
‘वैज्ञानिक समाजवादी पार्टी निर्माण अहिलेको आवश्यकता हो । क्रान्तिकारी पार्टीसँग वैचारिक, सैद्धान्तिक र सांगठानिक रूपमा थुप्रै मतभेद रहे । फेरी पार्टीमा फर्किने भन्ने हुँदैन । नयाँ पार्टी निर्माण लाग्नेछौँ । एकता प्रक्रियामा जोडिएका नेकपा बहुमतको सिङ्गै टिम अलग्गिएका छौँ । आगामी योजनाबारे छलफल भइरहेको छ । विप्लवको पार्टीमा जाने भन्ने कुरा वाहियातको हल्ला मात्र हो’, उनले भने ।
बुधबार संयोजक किरणले निर्णय पत्र फिर्ता लिन आग्रह गरेका थिए । तर उनको आग्रह सकारात्मक भएपनि महाधिवेशनमा आफू सहभागी नहुने बताए । पार्टीबाट अलग भएपछि आफ्नै निवास खुमलटारमा उनले पार्टीका शीर्ष नेताहरूसँग छलफल गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक समूहमा सईबाट वरिष्ठ सईमा बढुवा सिफारिस
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण