२७ महिनापछि नेप्से परिसूचक २४ सय अंकको बिन्दुमा
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २७ महिनापछि २४ सय अङ्कको बिन्दुमा पुगेको छ । दुई ठुला राजनीतिक दलहरू नेपाली कांग्रेस र नेकपा एमाले मिलेर दुई तिहाइ आसपासको बहुमत सरकार गठन गरेयता नेप्से परिसूचक निरन्तर बढ्दै आएको छ ।
असार १७ गते राती कांग्रेस र एमालेले सम्झौता गर्ने सुइँको पाएपछि सोही दिन बजार बढेको थियो । त्यसयताका १४ कारोबार दिनमा परिसूचक २ दिन मात्रै घटेको छ । यसअघि २०७८ चैत महिनामा नेप्से परिसूचक २४ सय अङ्कको बिन्दुमा थियो ।
त्यसयता निरन्तर घटेर १८ सय अङ्कको बिन्दुसम्म आइपुगेको नेप्से परिसूचक यतिबेला निरन्तर बढ्दो स्थितिमा छ । यो समाचार तयार पार्दासम्ममा परिसूचक ३५ अंकले बढेर २४ सय अङ्कको बिन्दुमा सूचक पुगेको छ । यसअघि पनि कारोबार सुरु भएको ४० मिनेटको अवधिमा नै २४ सय अङ्कको बिन्दु पार गरेको थियो ।
यसक्रममा यतिबेलासम्म ४ अर्ब ७ करोड रुपैयाँभन्दा बढीको कारोबार भइसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेप्सेको सिस्टममा समस्या हुँदा परिसूचकमा १००० अंक गिरावट देखियो
-
सेयर बजारमा आज पनि सुधार, सातामा ५७ अङ्कले बढ्यो नेप्से
-
बागमती किनारका हटाइएका बस्ती क्षेत्रमा खुला पार्क, हरित क्षेत्र र पदमार्ग निर्माण गरिने
-
वर्तमान सरकारविरूद्ध चारैतिरबाट घेरा हालाैँ : प्रचण्ड
-
पश्चिम एसियाको द्वन्द्वबारे नेपालको धारणा यथावत, वार्ता र कूटनीतिबाट समाधानको आग्रह
-
धनुषामा गोली चल्याे, दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण