ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
बिहीबार, ०३ साउन २०८१, १३ : ५३
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । बिहीबार अपराह्न ४ बजेका लागि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिए ।
बैठकले नियुक्तिसहितका महत्वपूर्ण निर्णयहरु गर्न सक्ने बताइएको छ । यसअघि सोमबार ओलीले शपथ लिएकै दिन मन्त्रिपरिषद्को बैठक बसेको थियो ।
उक्त बैठकले बाढी–पहिरोबाट मृतकका परिवारलाई राहत दिने, कामु मुख्यसचिव तोक्ने, जाजरकोट भूकम्प प्रभावितलाई दोस्रो र तेस्रो किस्ताको रकम दिनेसहितका १० निर्णय गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण