सभामुखसँगको छलफलमा माओवादीले माग्यो लेखा समिति सभापति
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले संसद्को सार्वजनिक लेखा समितिको सभापति पद मागेको छ । बिहीबार सिंहदरबारस्थित संसद् सचिवालयमा सभामुख देवराज घिमिरेले बोलाएको विभिन्न दलका प्रमुख सचेतक तथा सचेतकहरूसँगको बैठकमा माओवादीले सो समितिको सभापति मागेको हो ।
बैठकमा सहभागी माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले लेखा समिति प्रतिपक्षी दलले पाउने प्रचलन रहेको बताउँदै आफ्नो दलले सभापति पाउनुपर्ने कुरा राखेको रातोपाटीलाई बताए ।
उनले भने,‘सभामुखसँग प्रमुख सचेतकहरूको बैठकमा मैले सार्वजनिक लेखा समिति प्रतिपक्षी दललाई दिनुपर्छ भन्ने कुरा राखेको छु । सरकारमा रहेको दलले सो समितिको नेतृत्व नलिने प्रचलन पालना गर्न आग्रह गरेको छु ।’
प्रमुख सचेतक पाण्डेले बैठकमा संसद्को कार्यतालिकाको बारेमा छलफल भएको बताए । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति रहेकी आरजु राणा परराष्ट्र मन्त्री बनेपछि सभापति चयन गर्नुपर्ने, संसद्को २ वटा संयुक्त समितिको सभापति चयनको विषयमा छलफल भएको छ । त्यसका लागि शुक्रबार बस्ने बैठकमा कार्यतालिका बनाएर अघि बढ्ने तय भएको छ ।
हाल सार्वजनिक लेखा समितिमा नेकपा एमालेका सांसद ऋषीकेश पोखरेल सभापति रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण