सभामुखसँगको छलफलमा माओवादीले माग्यो लेखा समिति सभापति

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले संसद्को सार्वजनिक लेखा समितिको सभापति पद मागेको छ । बिहीबार सिंहदरबारस्थित संसद् सचिवालयमा सभामुख देवराज घिमिरेले बोलाएको विभिन्न दलका प्रमुख सचेतक तथा सचेतकहरूसँगको बैठकमा माओवादीले सो समितिको सभापति मागेको हो ।
बैठकमा सहभागी माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले लेखा समिति प्रतिपक्षी दलले पाउने प्रचलन रहेको बताउँदै आफ्नो दलले सभापति पाउनुपर्ने कुरा राखेको रातोपाटीलाई बताए ।
उनले भने,‘सभामुखसँग प्रमुख सचेतकहरूको बैठकमा मैले सार्वजनिक लेखा समिति प्रतिपक्षी दललाई दिनुपर्छ भन्ने कुरा राखेको छु । सरकारमा रहेको दलले सो समितिको नेतृत्व नलिने प्रचलन पालना गर्न आग्रह गरेको छु ।’
प्रमुख सचेतक पाण्डेले बैठकमा संसद्को कार्यतालिकाको बारेमा छलफल भएको बताए । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति रहेकी आरजु राणा परराष्ट्र मन्त्री बनेपछि सभापति चयन गर्नुपर्ने, संसद्को २ वटा संयुक्त समितिको सभापति चयनको विषयमा छलफल भएको छ । त्यसका लागि शुक्रबार बस्ने बैठकमा कार्यतालिका बनाएर अघि बढ्ने तय भएको छ ।
हाल सार्वजनिक लेखा समितिमा नेकपा एमालेका सांसद ऋषीकेश पोखरेल सभापति रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डोल्पामा आगामी जेठ पहिलो सातादेखि यार्सागुम्बा सङ्कलन
-
भ्यानले अटोरिक्सालाई ठक्कर दिँदा चालकको मृत्यु
-
प्रधानन्यायाधीशले पूर्वराजा भेटेको समाचार लेख्ने पत्रकारलाई धरौटीमा छाड्ने आदेश
-
‘एआईको प्रयोगले न्युज रुममा असर होइन, राम्रो गर्छ’
-
नौ महिनामा भएका सवारी दुर्घटनामा ७० जनाको मृत्यु
-
१० बजे १० समाचार : सिंहदरबारमा ओली–प्रचण्ड भेट, कांग्रेसले चार भ्रातृसंस्था भङ्ग गर्ने