अवैध च्यानलबाट रेमिट्यान्स नपठाउन र नलिन प्रहरीको आग्रह
काठमाडौँ । विदेशबाट पठाउने रेमिट्यान्स अवैध च्यानलबाट नपठाउन र नस्विकार्न प्रहरीले आग्रह गरेको छ । जापान, दक्षिण कोरिया र बेलायत जस्ता मुलुकबाट यूएसडिटी मार्फत पठाएको रेमिट्यान्स अन्य मुलुकमा पुग्ने गरेको र सो रकम सुन तस्करीमा लगानी हुने गरेको भन्दै सीआईबीले वैध तरिकाबाट मात्र रकम पठाउन आग्रह गरेको छ ।
अवैध तरिकाबाट रकम पठाउँदा नेपालमा गैरकानुनी रकम आफन्तको खातामा जम्मा हुने गरेको भेटिएको सीआईबीका एसपी होविन्द्र बोगटीले रातापाटीलाई बताए । उनले भने,‘गैर कानुनी रकम खातामा आउँदा खातावाल पनि कानुनी दायरामा आउँछन्, त्यसैले सचेतता अपनाउन आग्रह गरेका छौँ ।’
विदेशमा बस्नेहरूले पठाएको रकम अवैध तरिकाले खातामा जम्मा हुँदा रेमिट स्वीकार गर्नेहरू पनि पन्छिन नपाइने कानुनी व्यवस्था छ । पछिल्लो समय ‘पे’ वेल र सजिलो ‘पे’बाट सुन तस्करीको रकम कारोबार भएको भेटिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण