विराेध
न्युरोड फुटपाथ विस्तार : विरोधमा उत्रिए स्थानीय (तस्बिरहरू)
शुक्रबार, ०४ साउन २०८१, १० : ४१

काठमाडौँ । काठमाडौँ न्युरोड क्षेत्रको फुटपाथ विस्तार कार्यमा स्थानीयले पुनः अवरोध गरेका छन् । फुटपाथ विस्तारको विरोधमा स्थानीय उत्रिएपछि सो क्षेत्रमा उल्लेख्य मात्रामा नेपाल प्रहरी, नगरप्रहरी तैनाथ गरिएको छ ।
उच्च अदालतले फुटपाथ बिस्तारको बाटो खोलिदिएपछि महानगरपालिकाले बुधबारदेखि पुनः काम सुरु गरेको थियो । तर स्थानीयको अवरोधसँगै यो कार्य फेरि अनिश्चित बनेको छ ।
यसअघि काठमाडौँ महानगरपालिकाले न्यूरोडमा फुटपाथ विस्तारका लागि सडकको कालोपत्रे समेत भत्काइसकेको अवस्थामा सडक डिभिजन कार्यालयले हस्तक्षेप गरेर सामान जफत गरी महानगरपालिकाले काटेको कालोपत्रे पनि टालेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सङ्घीय लोकतान्त्रिक मोर्चाको बैठक बस्दै
-
सुदूरपश्चिममा स्थानीय तहका कर्मचारीको आन्दोलन चुलियो, ऐन जारी गर्न माग
-
सांसद घर्तीमगरको प्रश्न : निजामतीमा उदासिन सरकारलाई भूमि विधेयक ल्याउन किन हतार भयो ?
-
राजस्व परामर्श समितिद्वारा अर्थमन्त्रीसमक्ष प्रतिवेदन पेश
-
जेनजी पुस्तालाई वर्षमान पुनका तीन सुझाव
-
जयपुरस्थित क्रिकेट स्टेडियमलाई बमले उडाउने धम्की