फिफा विश्वकप २०२६
केनको गोलसँगै इंग्ल्याण्ड खेलमा फर्कियो
बुधबार, १७ असार २०८३, २३ : २७
सारांश
- फिफा विश्वकप २०२६ को अन्तिम ३२ को प्रतिस्पर्धामा इंग्ल्याण्डले कप्तान ह्यारी केनको गोलबाट खेलमा पुनरागमन गरेको छ ।
- खेलको सुरुवातमै १-० ले पछाडि परेको इंग्ल्याण्डका लागि ७५औँ मिनेटमा केनले गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याए ।
- सातौँ मिनेटमा कंगोको गोलपछि दबाबमा आएको इंग्ल्याण्डका लागि केनको गोलले विश्वकपबाट बाहिरिने खतरा टारेको छ ।
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम ३२ को प्रतिस्पर्धामा इंग्ल्याण्डले कप्तान ह्यारी केनको गोलसँगै खेलमा पुनरागमन गरेको छ । खेलको सुरुवातमै १–० ले पछाडि परेको इंग्ल्याण्डका लागि ७५ औँ मिनेटमा कप्तान केनले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याएका हुन् ।
एटलान्टा स्टेडियममा जारी यस खेलमा प्रजातान्त्रिक गणतन्त्र कंगोले सातौँ मिनेटमा गोल गरेपछि इंग्ल्याण्ड निकै दबाबमा देखिएको थियो । ७५ मिनेटसम्म गोल फर्काउन नसक्दा विश्वकपबाटै बाहिरिने खतरा बढेका बेला केनको यो ‘ब्रेकथ्रु’ गोलले इंग्लिस समर्थकहरूमा खुसीयाली ल्याएको छ । दाेस्राे हाफकाे खेल जारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतिहास रच्दै विश्वकपबाट बाहिरियो कंगो
-
गोल्डेन बुटको दौड: मेसी र एम्बाप्पेभन्दा १ गोल टाढा ह्यारी केन
-
सुरुवाती दबाब चिर्दै इंग्ल्याण्डको कमब्याक जित, कंगो विश्वकपबाट बाहिरियो
-
८६ औँ मिनेटमा ह्यारी केनको दोस्रो गोल, इंग्ल्याण्डलाई २–१ को अग्रता
-
केनको गोलसँगै इंग्ल्याण्ड खेलमा फर्कियो
-
मन्त्रीहरूको मनपरीतन्त्रले विवादको भुमरीमा कर्णालीको बजेट !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण