बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय

को होला उत्कृष्ट गायिका ?

बुधबार, १७ असार २०८३, २३ : ०७
बुधबार, १७ असार २०८३

काठमाडौँ । निता आचार्य, समीक्षा अधिकारी, सारिका घिमिरे, पवित्रा गुरुङ र बविता भट्टराईबिच उत्कृष्ट गायिकाको प्रतिस्पर्धा हुने भएको छ । छैटौँ संस्करणको हिमालयन अन्तर्राष्ट्रिय अवार्डको उत्कृष्ट पाँच आधुनिक गीत गायिकाको मनोनयनमा यी गायिका अटाएका हुन् । गायकतर्फ भने रोशन टमट्टा, सुरज श्रेष्ठ, झलक विवश, सुरेश लामा, सौगातजंग थापा रहेका छन् ।

‘भाषा, साहित्य कला संस्कृतिका सर्जकको सम्मान, हाम्रो एक अभियान’ भन्ने मूल नाराका विगत पाँच वर्षदेखि आयोजना हुँदै आएको हिमालयन अन्तर्राष्ट्रिय अवार्डको यो छैटौँ संस्करण हो । आगामी साउन ३ गते (१९ जुलाई)मा सिक्किमको याङयाङमा विशेष समारोहबिच हुन गइरहेको अवार्डको संयोजक गीता अधिकारी रहेकी छन् । अवार्डमा आधुनिक, पप, लोकदोहोरी गीत लगायतलाई समावेश गरिएको छ ।

अवार्ड समारोहमा नेपाली गीत सङ्गीतमा विगत लामो समयदेखि योगदान पुर्याएका विशिष्ट साधकलाई दीर्घ साधना सम्मान अर्पण गरिने, गीत सङ्गीतको क्षेत्रमा विशिष्ट योगदान पुर्याउने सङ्गीतकर्मीलाई विशेष सम्मान गरिने साथै कला क्षेत्रमा कलम चलाउने पत्रकारलाई समेत सम्मान गरिने अवार्डका अध्यक्ष गणेश सुवेदीले जानकारी दिए । कार्यक्रममा एक बाल प्रतिभालाई राजिङ्ग स्टार अवार्ड पनि प्रदान गरिनछ ।

यस्तो छ उत्कृष्ट पाँच मनोनयन

उत्कृष्ट गीतकार (आधुनिक)

प्रकाश सुवेदी– नआइदे याद

डिपी खनाल– बुझे हुन्छ कुरा

एसके बमजन– जहाँ जहाँ तिमी

डा. बिलोल पोखरेल – चिरा चिरा भो

नारायण नेपाल – वरको छायाँले

बाबुराम श्रेष्ठ – खोज्दानी आफूलाई भेटाउन सकिन

 उत्कृष्ट सङ्गीतकार (आधुनिक)

कमल अधिकारी – त्यो मिठो पल

राजकुमार बगर – तिम्रो साथमा

दीपक शर्मा – परेली परेली

हरि लम्साल – जेल पनि सहुँला–२

सिडी विजय अधिकारी – चाहेर हुँदैन माया

उत्कृष्ट गायक (आधुनिक)

रोशन टमट्टा – मेरो मुटु जल्यो

सुरज श्रेष्ठ – माया प्यारो भो

झलक विवश – जमाना खराब छ

सुरेश लामा – त्यो मिठो पल

सौगातजंग थापा – मायाजाल मोहनी

उत्कृष्ट आधुनिक गीत गायिका

निता आचार्य – ताते ताते गर्दै

समीक्षा अधिकारी – चाहेर हुँदैन माया

सारिका घिमिरे – गुन भुल्यौ

पवित्रा गुरुङ – फाटेको मन

बविता भट्टराई – बन्द ग¥यौ तिमीले

 उत्कृष्ट नव मोडल

कुन्दन गुप्ता – वनमारा

मोहित वि.क. – कसम तिम्रो कसम

अपेक्षा सिंह – मुइयालाई देखेसी

आरती बुढा – काठमाडौँ वस्याकी

गीता पन्थी – मिठा मिठा मनका कुरा

उत्कृष्ट मोडल महिला (आधुनिक)

सुनिसा बजगाईं – मेरो करिम

सृष्टि खड्का – परदेश

झरना रिसाल – छेउमा न आऊ कान्छी तिमी

कविता न्यौपाने – चाहेर हुँदैन माया

पूजा ठाकुर – जानु त पर्छ एक दिन

उत्कृष्ट मोडल (पुरुष)

विनोद श्रेष्ठ – शोकाकुल

सञ्जित भण्डारी – खडकाजीकी छोरी

राजन आले – मलाई नरुवाऊ

वीरेन्द्र नौभाग्ये – कास्कीतिरै घर छ

मुकेश गुरुङ – परान

उत्कृष्ट मोडल लोक÷पप (महिला)

अस्मिता जुरली – जुन छेउमा के हो र तारा

उषा सुवेदी – म त तिम्रो होइन मायालु

रिना थापा मगर – जाले रुमाल

गीता ढुङ्गाना – एकै बित्ताको दुरी

अस्मिता पुरी – साइलो रन भूलमा छ

 उत्कृष्ट युगल गायन

निशान भट्टराई/एलिना चौहान – जुनै झार्छु

षडस सम्वाहाम्फे/रचना रिमाल – सिन्की अचार

अन्जु पन्त/शिव संगम राई – एक्लो परानी

रन्जन राई/अनु चौधरी – तिमी मेरो प्राण हौ

तारावीर पाण्डे÷मिलन नेवा – कस्तो फेशन

 उत्कृष्ट सङ्गीतकार (लोक पप)

शंकर थापा स्माइल – वुझे हुन्छ कुरा

राजेन्द्र बजगाईं – खड्काजीकी छोरी

भीम विसी – पाउजुको छम छम

उमेश मुस्कान – यति ठुलो संसारमै

सुरेश राना – माया गर्ने जोडी

उत्कृष्ट लोक पप गायन (पुरुष)

छविन गुरुङ – मेरो प्यारो सिक्किम

प्रकाशजंग कार्की – हेर्दाहेर्दै

बादल थापा – माया गर्ने जोडी

योगशकाजी – गागरी

मुकेश कटुवाल – थाह छ मलाई

लोक पप गायन (महिला)

मञ्जु लावती – लेकैमा फूल्ने लाली गुराँस

सज्जा चौलागाईं – खडकाजीकी छोरी

रेशमा पुन – मायाका गीत

रोजिना वस्नेत – माया गर्ने जोडी

एलिना चौहान – दोषी हैन

उत्कृष्ट छायाकार

अजय रेग्मी – नआइदे याद

रुपेश थापा – नाच भाइ नाच

दीपक गिरी – चाहेर हुँदैन माया

महेश महरा – सम्झिन्छु तिमीलाई पनि

उत्सव दाहाल – तिमी मेरो प्राण हौ

उत्कृष्ट निर्देशक

जनक सिंह – चाहेर हुँदैन माया

पूजा ठकुरी – मेरो कोही छ

प्रवीण थापा – म त तिम्रो हैन मायालु

महेश्वर सम्वाहाम्फे – जुनै झार्छ

कृष्ण रुपाखेती – हृदयकी रानी

उत्कृष्ट सम्पादक

अमृत चापागाईं – परदेश

विनोद बम – मायालुको सिउँदो

मनोज कार्की – माया मोह

विकाश दाहाल – ऐना जस्तो हिमाल हेर्दा

कल्पेश विश्वकर्मा – पहिलो हाँसो पहिलो बोल

उत्कृष्ट कोरियोग्राफर

पुनम श्रेष्ठ – राधिका

पवित्रा आचार्य – कम्मर झुकेझुला

सियोन श्रेष्ठ – सिक्का नोटैमा

रोशन वि.क. – नाच नाच भाइ

सन्दीप भुजेल – लालुपाते फूल टिपेर

उत्कृष्ट भाषा भाषी

सुनिल नेपाली – देउडा (गायन) पिरिमका खेल

ईश्वर मगिया – नेवारी (गायन) छ तिसे नितोपना

सेरु बराइली – पूर्वेली (रचना) उडी जाने सास

मञ्जु थापा – पूर्वेली (गायन) लेकैमा फुल्ने लालीमा

प्रमोद डिजी – देउडा (गायन) रुप्स्या पातली

उत्कृष्ट लोकदोहोरी गायक/गायिका

इव्सल सन्ज्याल – इति माया

जानुका तामाङ – आँखा लाएको

मिठाराम खत्री – ललितपुरे दाइ

करुणा राई – परदेशीको दुखी जीवन

सुरज केसी – गलबन्दीको छेउ

विनोद दनुवार – उडीमा जाने सास

उत्कृष्ट शृङ्गार

अमृत मरहट्ठा – जहाँ जहाँ तिमी

सुभाष तिमिल्सिना – जोबन सुइँकेला

विक्रम गौतम – ए माया

नन्दा अधिकारी – सिन्की अचार

सरिता मगर – भेट्न आऊ है साझैमा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप