निर्मला पन्तको हत्याबारे एसएसपी नेतृत्वको समितिले अनुसन्धान गर्दै
सारांश
- निर्मला पन्तको बलात्कार र हत्या भएको ८ वर्ष पुग्न लाग्दा प्रहरीले एसएसपी कृष्ण पंगेनीको नेतृत्वमा नयाँ अनुसन्धान समिति गठन गरेको छ ।
- यसअघि गठन भएका समितिहरूले कुनै नतिजा दिन नसकेको र १२३ जनाभन्दा बढी शंकितहरूको डीएनए परीक्षण गर्दा पनि नतिजा नआएकोले यो नयाँ समिति गठन गरिएको हो ।
- प्रहरी प्रवक्ताका अनुसार एसएसपी पंगेनीको नेतृत्वको समितिले कञ्चनपुरमा पुगेर अनुसन्धान गरिरहेको छ ।
काठमाडौँ । निर्मला पन्तको बलात्कार र हत्या भएको ८ वर्ष पुरा हुँदै छ । कञ्चनपुरको भिमदत्त नगरपालिका स्थित उल्टाखामकी निर्मला पन्तको १० साउन २०७५ मा हत्या भएको थियो । घटना भएको ८ वर्ष पुरा हुँदै गर्दा प्रहरी प्रधान कार्यालयले त्यसबारे अनुसन्धान गर्न फेरी उच्चस्तरको समिति गठन गरेको छ ।
आईजीपी दानबहादुर कार्कीले अपराध अनुसन्धान विभागका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कृष्ण पंगेनीको नेतृत्वमा अनुसन्धान समिति गठन गरेका हुन् । यसअघि गठन भएका समितिहरूले नतिजा दिन सकेका थिएनन् ।
१३ बर्षिया निर्मलाको हत्यामा संलग्न आरोपी पत्ता लगाउन प्रहरीले यसअघि डीएनए जाँचलाई मुख्य ‘अनुसन्धान विधि’को रूपमा प्रयोग गरेको थियो । अहिलेसम्म १२३ जना भन्दा धेरै शंकितहरुको डीएनए परीक्षण गरिएको छ । तर, डिएनए म्याच नहुँदा अनुसन्धानको नतिजा आएको छैन ।
अनुसन्धानलाई निरन्तरता दिन एसएसपी पंगेनीको नेतृत्वमा समिति गठन गरिएको प्रहरी प्रवक्ता (डीआईजी) अबि नारायण काफ्लेले रातोपाटीलाई बताए । उनले भने, ‘समितिले काम गरिरहेको छ ।’
पंगेनी नेतृत्वको समितिमा आईजीपीको सचिवालयमा कार्यरत डीएसपी हरि खतिवडा र सीआईबीका एकजना इन्स्पेक्टर सहितका अधिकृतहरू छन् । सीआईबीले यसअघि पनि लामो समय निर्मला पन्तबारे अनुसन्धान गरेको थियो । प्रहरी प्रधान कार्यालयले अनुसन्धान समितिका सदस्यहरूलाई कञ्चनपुरमा पठाएर अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुरुवाती दबाब चिर्दै इंग्ल्याण्डको कमब्याक जित, कंगो विश्वकपबाट बाहिरियो
-
८६ औँ मिनेटमा ह्यारी केनको दोस्रो गोल, इंग्ल्याण्डलाई २–१ को अग्रता
-
केनको गोलसँगै इंग्ल्याण्ड खेलमा फर्कियो
-
मन्त्रीहरूको मनपरीतन्त्रले विवादको भुमरीमा कर्णालीको बजेट !
-
को होला उत्कृष्ट गायिका ?
-
निर्मला पन्तको हत्याबारे एसएसपी नेतृत्वको समितिले अनुसन्धान गर्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण