तेल अभिभमा ड्रोन आक्रमणमा परेर एक जनाको मृत्यु
शुक्रबार, ०४ साउन २०८१, ११ : १६
इजरायल । शुक्रबार बिहान मध्य तेल अभिभमा भएको ड्रोन आक्रमणको अनुसन्धान गरिरहेको इजरायली सेनाले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानबाट यो हवाई आक्रमण जस्तो देखिएको र उक्त क्षेत्रमा हवाई गस्ती बढाउन निर्देशन दिइएको सेनाले आफ्नो विज्ञप्तिमा भनेको छ । इजरायली आपत्कालीन सेवाका अनुसार विस्फोटमा एक व्यक्तिको मृत्यु भएको छ भने अन्य कयौँ घाइते भएका छन् ।
तेल अभिभलाई निशाना बनाएर गरिएको आफ्नो सैन्य कारबाहीबारे थप जानकारी दिने इरान समर्थित हुथी विद्रोहीहरूले सामाजिक सञ्जालमा जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
दक्षिणी लेबनानमा इजरायली सेनाले हिजबुल्लाह कमान्डर मारेको पुष्टि गरेपछि यो हमला भएको हो । गत वर्ष अक्टोबरमा इजरायलले गाजामा हमासविरुद्ध कारबाही सुरु गरेपछि हिजबुल्लाह र इजरायली सेनाबिच गोली हानाहान भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्विनोनेसको गोलमा आयोजक मेक्सिकोलाई सुरुवाती अग्रता
-
फिफा विश्वकप २०२६ सुरु: उद्घाटन खेलमा मेक्सिको र दक्षिण अफ्रिका भिड्दै
-
उद्घाटन खेलका लागि मेक्सिको र दक्षिण अफ्रिका मैदानमा, घन्कियो राष्ट्रिय गान
-
फिफा विश्वकप २०२६ सुरु: मेक्सिकोलाई सुरुवाती अग्रता
-
कस्ताे छ मेक्सिको सिटीकाे माैसम ?
-
एउटा ब्याच नम्बरबाहेक अन्य उत्पादन सुरक्षित रहेको यशोदा फुड्सको स्पष्टोक्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण