जोशीपुर गाउँपालिकामा अध्यक्ष र वडाध्यक्षबिच द्वन्द्व, कर्मचारीलाई हाजिर गर्न रोक
धनगढी । कैलालीको जोशीपुर गाउँपालिका अध्यक्ष र वडाध्यक्षबिचको द्वन्द्व चर्किएको छ ।
बजेटको विषयमा विवाद हुँदा गाउँपालिका अध्यक्ष चित्रबहादुर चौधरी र गाउँपालिकाका प्रवक्तासमेत रहेका वडा नं. ४ का वडाध्यक्ष रामजनम चौधरीबिचको द्वन्द्व चर्किएको हो ।
वडाध्यक्ष रामजनम चौधरीले गाउँपालिकाको बजेटमा अध्यक्ष चित्रबहादुर चौधरीले एकलौटी तथा मनलाग्दी गर्दै आएको आरोप लगाए ।
उनले गाउँपालिकाका योजनाहरू जनतामुखी नभइ कर्मचारीमुखी योजना बनाएको समेत आरोप लगाए । उनले भने, ‘म कार्यपालिका सदस्य पनि हो । भौतिक पूर्वाधार विकास समितिको संयोजक पनि हो । तर कुनै अधिकार छैन । योजना छनोट, बजेटमा उहाँ (अध्यक्ष) कै मनोमानी छ । यस्तै हो भने, किन चाहियो वडा ? किन चाहियो वडाध्यक्ष ?’
वडाध्यक्ष चौधरीले गाउँपालिका अध्यक्षको स्वेच्छाचारिता बढेको भन्दै बुधबारदेखि कर्मचारीहरूलाई हाजिरी गर्नबाट रोक लगाएका छन् । वडाका कर्मचारीहरू गाउँपालिका कार्यालयमा हाजिर हुन थालेको बताइएको छ ।
त्यस्तै, वडाध्यक्ष चौधरीले वडामा ४४ लाखमात्र बजेट सिलिङ आएको र वडा नं. ४ को प्राथमिक स्वास्थ्य ईकाईको प्रमुख परिवर्तन गर्दासमेत समन्वय नभएको भन्दै वडाका कर्मचारीहरूलाई वडामा हाजिर गर्न नदिइ गाउँपालिकामा पठाइएको बताए ।
उता गाउँपालिका अध्यक्ष चौधरीले वडाध्यक्षले आरोप लगाए जस्तो कुनै विवाद नरहेको र आफूलाई थाहा नभएको बताए ।
पालिका अध्यक्ष चौधरीले भने, ‘वडावासीहरूको समस्या हेर्ने जिम्मा वडाको हो । उहाँ वडाप्रति जिम्मेवार बन्नुपर्छ । बजेट निर्माणको बेला पनि बजेट छनोटको विवरण नपठाउने, वडा सदस्यबिच समन्वय नगर्न सक्ने । अहिले विवाद गर्नुको अर्थ छैन ।’
वडाध्यक्ष र गाउँपालिका अध्यक्ष दुवै नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित भएका हुन् । उनीहरूको विवादले वडा कार्यालयको सेवा प्रभावित भएको छ ।
यी दुई जनाबिच केही समय अघिदेखि नै विवाद चल्दै आएको छ । वडाध्यक्ष चौधरीलाई गाउँपालिकाको प्रवक्ता तथा पूर्वाधार विकास समितिको संयोजकको पनि जिम्मेवारी तोकिएको थियो । तर पालिका अध्यक्षसँग विवाद बढेपछि उनको सो जिम्मेवारी खोसिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरको नक्सा पास गर्ने र सम्पन्न प्रमाणपत्र दिने प्राविधिक एउटै हुन नपाउने, स्थानीय तहलाई परिपत्र
-
नीलो ध्वजा पताकाले सजियो भरतपुर (तस्बिरहरू)
-
झापामा दुई सय ८५ जनालाई रोजगारी
-
लेबनानमा शनिबार पनि इजरायली आक्रमण, ५ जनाको मृत्यु
-
उद्योग मन्त्रालयद्वारा ‘वाणिज्य नीति, २०८१ को कार्यान्वयन कार्ययोजना’ स्वीकृत
-
रास्वपाको प्रतिनिधि सङ्ख्या ४ हजारभन्दा बढी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण