निर्माण क्षेत्रका समस्याको आगो तापेर बस्दैनौँ, चाँडै भुक्तानी हुन्छ : अर्थमन्त्री पौडेल
काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्माण क्षेत्रका समस्याको आगो तापेर नबस्ने बताएका छन् । शुक्रबार निर्माण व्यवसायी महासंघका पदाधिकारीहरूसँगको भेटमा उनले यस्तो बताएका हुन् ।
अर्थमन्त्री पौडेलले समस्याको आगो तापेर बस्ने भन्दा पनि सरकार समाधान गरेर जाने पक्षमा रहेको बताए । उनले निर्माण व्यवसायीहरूले ४० अर्ब भुक्तानी गर्न बाँकी रहेको भने पनि १५ अर्ब मात्रै बाँकी देखिएको बताए । उनले सम्बन्धित मन्त्रालयका सचिवहरूसँग छलफल गर्दा १५ अर्ब मात्रै भुक्तानी बाँकी रहेको तथ्याङ्क आएको बताए ।
अर्थमन्त्री पौडेलले सम्बन्धित निकायहरूलाई निर्माण सम्पन्न भएका आयोजनाहरूको भुक्तानी रोक्यो भन्ने नकारात्मक सन्देश तोड्न निर्देशन दिएको बताए । उनले सम्पन्न भएको आयोजना भुक्तानी नरोकिने बताए । उनले निर्माण क्षेत्रलाई सरकारले काम गर्ने वातावरण बनाउने बताए ।
भेटका क्रममा निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण क्षेत्रलाई उत्पादनमुलुक क्षेत्रमा राख्न माग गरे । उनले त्यसको लागि बैङ्कहरूलाई अनिवार्य १५ प्रतिशत लगानी गर्ने व्यवस्था गर्ने माग गरे । भुक्तानीको समस्या समाधान गर्न रकम रकमान्तर सम्बन्धी मन्त्रालयलाई अधिकार दिनुपर्ने बताए । स्रोत सुनिश्चितता नभएका आयोजना अगाडि बढाउन सम्बन्धी मन्त्रालय समन्वय गर्नुपर्ने बताए ।
अध्यक्ष सिंहले भुक्तानी नपाउँदा चेक बाउन्स हुने गरेको भन्दै त्यसलाई सहजीकरण गर्न माग गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइफोन १६ सार्वजनिक भएको केही घण्टामै हुवावेले ल्यायो २८०० डलरको यस्तो फोन
-
चाइनिज लसुनको तस्करी बढ्यो, ४ गोदाममा प्रहरी र राजस्वको छापा
-
देशभर ८० जनामा हैजा सङ्क्रमण, एक जना अस्पताल भर्ना
-
कांग्रेसको पर्यटन विभागमा १० जना सदस्य मनोनीत
-
उपत्यकाका नदी किनारका संरचना हटाउने सर्वोच्चको फैसलाप्रति माओवादी केन्द्रको गम्भीर चासो (विज्ञप्तिसहित)
-
पल्सर स्पोर्टस अवार्डमा केल्मीको निरन्तरता