यू–२० महिला भलिबल : पहिलो खेलमा नेपाल पराजित
काठमाडौँ । काभा यू–२० महिला भलिबल च्याम्पियनसिप २०२४ को पहिलो खेलमा नेपाल श्रीलंकासँग ३–१ को सेटमा पराजित भएको छ ।
माल्दिभ्सको माले सिटीस्थित सोसल सेन्टरमा बिहीबार राती भएको खेलमा नेपालले कमजोर प्रदर्शन गर्दा हारबाट प्रतियोगिता सुरु गरेको छ । श्रीलंकाले नेपाललाई २५–२०, २४–२६, २५–११, २५–१८ ले हरायो ।
नेपालले पहिलो खेलमा सोचे अनुसार प्रदर्शन गर्न नसकेको मुख्य प्रशिक्षक कुमार राईले बताए । राईले रिसिच र डिफेन्समा कमजोर भएको भन्दै दोस्रो खेलमा सुधारिएको प्रदर्शन गर्ने बताए । पहिलो खेल भएकोले नेपाली टिममा तालमेलको अभाव देखिएको थियो ।
बिहीबारै भएको पहिलो खेलमा कीर्गिस्तानले घरेलु टोली माल्दिभ्सलाई सोझो सेटमा हराएर विजयी सुरुवात गरेको छ । कीर्गिस्तानले माल्दिभ्सलाई २५–११, २५–११, २५–१७ ले पराजित गरेको हो ।
अब नेपालले आज कीर्गिस्तानसँग खेल्नेछ र आजै श्रीलंका र माल्दिभ्सबीच शुक्रबारै अर्को खेल हुनेछ । नेपालले लिग चरणको अन्तिम खेल शनिवार घरेलु टोली माल्दिभ्ससँग खेल्नेछ ।
लिगमा जस्तो नतिजा आएपनि चारै टोलीले सेमिफाईनल खेल्नेछन् । सेमिफाईनलमा लिगमा पहिलो हुनेले चौथोसँग र दोस्रो हुनेले तेस्रोसँग खेल्नेछ । सेमिफाइनल विजेताबिच फाइनल खेल हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान
-
एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने
-
स्वास्थ्य मन्त्रालयका सचिव डिल्लीराम शर्माको सरुवा
-
एन्थ्रोपिकका सह–संस्थापकको चेतावनीः एआईलाई ‘ब्रेक पेडल’ चाहिन्छ
-
काठमाडौँमा २७.५ किमी रेलमार्गको डीपीआरका लागि अन्तर्राष्ट्रिय प्रस्ताव आह्वान
-
अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा बढी प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण