बाढीका कारण तनहुँ जलविद्युत् आयोजनामा क्षति
तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन एक सय ४० मेगाावाट क्षमताको निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनामा बाढीले क्षति बनाएको छ । असारको अन्तिम साता परेको अविरल वर्षापछि सेतीनदीमा आएको बाढीले ‘कुलिङ प्लान्ट’मा क्षति पुर्याएको हो ।
बाढीका कारण प्याकेज–१ अन्तर्गत ‘ड्याम साइट’मा क्षति पुगेको सो आयोजनाले जनाएको छ । क्षतिको सर्भे टोली आएर मूल्याङकन गरेपछि मात्रै यकिन विवरण आउने आयोजना प्रबन्ध निर्देशक किरण श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार (क्रसिङ प्लान्ट) गिट्टी र बालुवा उत्पादन गर्ने र (कुलिङ प्लान्ट) गिट्टी र बालुवालाई चिसो बनाउने सामानको रातको समयमा स–साना बक्समा रहेका सातवटा बक्सा बगाएको हो । “दुवै प्लान्टका इक्युप्मेन्ट बाढीले बगाउने खतरा बढेपछि सुरक्षित स्थानमा सारिएको छ”, उनले भने, “नदी किनारमा बसेर काम गर्नुपर्ने भएकाले पानी परेको समयमा माथिबाट स–साना ढुङ्गा खसिरहने हुँदा काम गर्न पनि कठिनाइ भएको छ ।”
प्याकेज–१ अन्तर्गत एक सय ४० मिटर अग्लो बाँध निर्माणका लागि सोङ्ददा कर्पोरेसन, भियतनाम–कालिका कन्स्ट्रक्सन (प्रा) लि नेपाल जेभीसँगकोे ठेक्का सम्झौता विसं २०७८ भदौ १४ गतेदेखि कार्यान्वयनमा आएको थियो ।
आयोजनाको सुरुङ, विद्युत्गृह निर्माण र हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायत प्याकेज–२ को निर्माणका लागि सिनो हाइड्रो कर्पोरेसन, चीनसँग विसं २०७५ असोज १५ गतेखरिद सम्झौता भएको थियो ।
त्यसैगरी, प्याकेज–३ अन्तर्गत दमौलीदेखि चितवनको भरतपुरसम्म दुई सय २० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणका केइसी इन्टरनेसनल लिमिटेड, भारतसँग विसं २०७५ पुस १० गते भएको खरिद सम्झौता विसं २०७५ फागुन १० मा कार्यान्वयनमा आएको थियो । उनका अनुसार प्याकेज–१ मा ३५, प्याकेज–२ मा ७३ र प्याकेज–३ मा ७३ प्रतिशतका साथै आयोजनाको समग्रमा ५९ प्रतिशत प्रगति भएको छ ।
कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कूल लागत ५० करोड ५० लाख अमेरिकी डलरका लागि एडिबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले १८ करोड ४० लाख, युरोपियन लगानी बैङ्कले आठ करोड ५० लाख र नेपाल सरकार÷नेपाल विद्युत् प्राधिकरणले आठ करोड ६० लाख डलर बेहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रश्नपत्र चुहावट विरुद्ध भारतमा युवा आन्दोलन चर्कियो
-
पहिराेले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध
-
बर्नहम बन्दै छन् बेलायतका नयाँ प्रधानमन्त्री : यस्तो छ सत्ता हस्तान्तरण प्रक्रिया
-
कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तार : एक वर्षमा १७ हजारभन्दा बढी सेवा
-
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता
-
साउनको पहिलो सोमबार गोकर्णेश्वर मन्दिरमा भक्तजनको घुइँचो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण