श्रममन्त्री भण्डारी र आईएलओ नेपाल निर्देशकबिच शिष्टाचार भेट
शुक्रबार, ०४ साउन २०८१, २१ : ४६
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी र अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) का नेपाल निर्देशकबीच शिष्टाचार भेट भएको छ ।
आइएलओका नेपाल निर्देशक नुमान ओज्कानले श्रम मन्त्रालयमा पुगे र मन्त्री भण्डारीलाई बधाई ज्ञापन गरेका छन् । भेटका क्रममा श्रम मन्त्री भण्डारीले व्यवसायजन्य सुरक्षा, बालश्रम निवारण तथा मर्यादित कामका क्षेत्रमा आइएलओले गरेको सहयोगप्रति आभार प्रकट गरे ।
आगामी दिनहरूमा समेत सहयोग निरन्तर रहने विश्वास व्यक्त गरे । भेटमा निर्देशक ओज्कानले नेपाल आइएलओको ‘गभर्निङ बडी’मा निर्वाचित भएकामा बधाई दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आन्दोलनलाई तिरस्कार गर्ने साहस हामीमा छैन : रवि लामिछाने
-
अद्वितीय बचाउ गर्ने गोलरक्षक रुम, जसको हिम्मतका कारण कुरासाओले इतिहास रच्यो
-
देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने
-
डिम्ब तस्करी विरुद्ध विरोध प्रदर्शन
-
आईजीपीको जन्मथलोमा विशेषज्ञसहित निःशुल्क स्वास्थ्य शिविर
-
मेरो राष्ट्रियताप्रति आशङ्का गर्नुपर्दैन : प्रधानमन्त्री शाह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण